MENU

अर्थ

Ncell Axiata

आयल निगम डिपोमा प्रमुख र ट्यांकर चालकबीच विवाद, विल काट्ने काम ठप्प

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, माघ १२ – नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डिपोमा तेलको ढुवानी गर्दै आएका ट्यांकर चालक र डिपो प्रमुखबीच विवाद भएको छ । विवादको कारण दुई दिनदेखि विल काट्ने काम ठप्प भएको छ ।   

ट्यांकर चालकले कार्यालयका प्रमुख मोहन साहले प्रति ट्यांकर एक हजार अतिरिक्त रकम माग गरेको आरोप लगाउँदै सरुवाको माग गरेर विलिङ्ग गर्ने काममा अवरोध गरेका छन् । दई पक्षबीचको विवादको कारण बिहीबार विहानदेखि चालकहरुले विलिङ्गमा अवरोध गरेका हुन् । लोड अनलोड हुन नसक्दा  बजारमा पेट्रोलियम पदार्थको अभाव हुने अवस्था सृजना भएको छ ।
 
धनुषा, महोत्तरी तथा सिन्धुलीमा पेट्रोल तथा डिजलको आपूर्ती हुँदै आएको नेपाल आयल निगम धनुषाको महेन्द्रनगर डिपोमा चालकहरुले दुई दर्जन भन्दाबढी तेल लोड भएको ट्यांकरहरु जाम लगाएर छाडेका छन् । तीन जिल्लामा १ सय ४ वटा ट्यांकरले काम गरिरहेका छन् । ट्यांकर चालक तथा प्रमुखको बीचमा उत्पन्न विवादले आपूर्तीमा समस्या आउने खतरा बढेको छ ।
 
ट्याङ्कर चालकले प्रमुख साहले आफूहरुसँग वार्गेनिङ्ग गर्ने गरेको आरोप लगाए । ट्यांकर चालकहरुले प्रमुख साहको सरुवा गर्दै परिवर्तनको माग रहेको ट्यांकर चालक मनोज कुमार सिंहले जानकारी दिनुभयो ।

धनुषाको महेन्द्र नगगर डिपोबाट धनुषा, महोत्तरी तथा सिन्धुलीसहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा एक लाख लिटर पेट्रोल दैनिक रुपमा विक्रि वितरण हुँदै आएको छ । अहिले आफूहरुसँग स्टक रहेको दावी पनि महेन्द्र नगर डिपोले गरेका छन् ।
 
यता प्रुमख साहले आफुमाथि चालकहरुले लगाएको आरोप गलत रहेको दावी गर्नुभयो । उहाँले स्टक चेक जाँच गर्ने आफ्नो अधिकार भएको बताउँदै त्यो गर्न खोज्दा ट्यांकर चालकले अनावश्यक वखेडा झिकेको बताउनुभयो । चाकलहरुले तेल कम दिने गरेको गुनासो पटक–पटक आएकाले आफूले नै केन्द्रको निर्देशन अनुसार चेकचाँज गर्न लागेको प्रमुख साहको भनाई छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया