MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

काठमाडौंमा जारी क्यान इन्फोटेकमा अफरको बहार

काठमाडौं, माघ १२ – काठमाडौंमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ मा व्यवसायीले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत विभिन्न अफर र योजना सार्वजनिक गरेका छन् ।

क्यान इन्फोटेक अवधिभर ल्याइएको यस्ता अफरमा यसैले गर्दा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकको पहिलो दिन बिहीबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोश्रो दिन शुक्रबार ४२ हजार ८ सय २६ जनाले अवलोकन गरेका छन् । 

विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप÷कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सीसीटिभी, आइटी कलेज र ट्रेनिङ इन्स्टिच्युटहरुको स्टलमा अवलोकनकर्ताको घुईचो लागेको छ । 

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा भएको यस ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’को शीर्ष प्रायोजक सुबिसु केबलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको कोम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । 

इन्फोटेकको सहशीर्ष प्रायोजक कम्पनी मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस