MENU

अर्थ

ujyaalo forign call inside

तेह्रथुममा १६ जना उम्मेदवारले चुनावको खर्च विवरण बुझाएनन्

तेह्रथुम, माघ १३ –गएको मंसिर २१ मा सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको चुनावमा तेह्रथुमबाट उम्मेदवारी दिएकामध्ये १६ जना उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोगले चुनावको मत परिणाम सार्वजनिक भएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । 

तर जिल्लाका प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फका १० जना उम्मेदवारले अझै पनि चुनावको खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभाका ५ जना र प्रदेशसभाका ७ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया