MENU

बातावरण-कृषि

ujyaalo forign call inside

काठमाडौं क्षेत्र नम्बर चारको सरसफाइ अभियान ६८ हप्तामा

काठमाडौं, माघ १३ – वातावरण मैत्री समाजले काठमाडौं क्षेत्र नम्बर चारमा सरसफाइ गरेको छ । स्वच्छ वातावरण नभै सभ्य नागरिकको पहिचान नै गुम्ने कारणले सरसफाइ अभियान थालिएको कार्यक्रम संयोजक अमृतराज वैद्यले बताउनुभयो ।

समाजले सरसफाइ अभियान चलाएको ६८ हप्ता पुगेको संस्थाका संयोजक राधे मिश्रले जानकारी दिनुभयो । सरसफाइ अभियानमा संलग्न नागरिकले यो अभियानले सरसफाइको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंशा गरेका थिए । 

सरसफाइ अभियानमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खडगी, कमलपोखरी क्लब, महानगर प्रहरी प्रभाग कमलपोखरी, स्थानीय नागरिक तथा अन्य संघसंस्थाको सहभागिता रहेको संस्थाले जनाएको छ । अर्को शनिबार विहान ८ बजे सोही क्षेत्रबाट सरसफाइ सुरु हुने संस्थाले जानकारी गराएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया