MENU

अर्थ

Ncell Axiata

धितोपत्र बजार:एक अर्ब ७३ करोड कारोबार

काठमाडौं, माघ १३ – धितोपत्र बजारमा यस साता १ अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्ज(नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ५० लाख ५९ हजार ९ सय ३० कित्ता शेयर बिक्री भएका थिए । 

कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १ सय ७० कम्पनीको १ अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ  बराबरका २४ लाख ६१ हजार ६ सय कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । 

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको छ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । -रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया