MENU

बातावरण-कृषि

ujyaalo forign call inside

देशभरी नै चिसो बढ्यो

काठमाडौं, माघ १४ –अाइतबार देशभरी नै चिसो बढेको छ ।

राति आकाश खुलेकाले देशभरी न्यूनतम तापक्रम घटेर गएको दुई दिनकोभन्दा भन्दा चिसो भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार काठमाडाैंको अाइतबारकाे बिहानको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

शनिबार बिहान ३ दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको बिहानको तापक्रम घटेको हो । तर अब चिसो बढ्ने संभावना कम भएको उहाँको भनाई छ । आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि पानी पर्ने संभावना छैन । तराईमा अहिले लागेको हुस्सु पनि दिउँसोपछि हट्ने उहाँको अनुमान छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस