MENU

अर्थ

ujyaalo forign call inside

माथिल्लो त्रिशुली ‘ए’ जलविद्युत आयोजनाको लागि पीपीएमा हस्ताक्षर

काठमाडौं, माघ १४ – नेपाल विद्युत प्राधिकरण २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ‘ए’ को निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी बीच विद्युत खरिद बिक्री सम्झौता पीपीएमा हस्ताक्षर भएको छ ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपालका लागि कोरियन राजदूतको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो इ सकले हस्ताक्षर गरेका हुन । आयोजनाको अनुमानित लागत २० अर्ब रुपैयाँ छ । आयोजनाले आगामी सेप्टेम्बरभित्र वित्तीय व्यवस्थापन गर्ने जनाएको छ ।

निर्माण अक्टोबरबाट सुरु गरी पाँच वर्षभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । माथिल्लो त्रिशुली ‘ए’ मा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहनेछ । कम्पनीले परफरमेन्स ग्यारेन्टी बापत  २१ करोड ६० लाख रुपैयाँ पनि जम्मा गरेपछि पिपिएमा हस्ताक्षर भएको हो ।

प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुत्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिए अनुसार माथिल्लो त्रिशुली ‘ए’ सँग पनि डलरमा सम्झौता भएको छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१ लाई पनि बार्षीक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि स्कालेसन पाउने व्यवस्था गरिएको छ । माथिल्लो त्रिसूली–१ सँग डलरमा पिपिए गर्दा विदेशी मुद्रा  विनिमय जोखिम बेहोर्न ‘हेजिङ फण्ड’ पनि स्थापना गरिने छ । 

माथिल्लो त्रिशूली–१ सँग अधितकम दश वर्ष वा व्यवसायीक विद्युत उत्पादन सुरु दिन सिओडी देखि ऋण चुत्ता अवधि पे–व्याक पिरियड जुन अघि हुन्छ सोही अवधिसम्मका लागि मात्रै डलरमा पीपीए हुने छ ।

उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएकोे छ । पीपीएमा आइतबारका लागि नेपाल राष्ट्र बैकले तोकेको एक डलरको सटही मूल्य १०१ रुपैयाँलाई  स्थिर राखिएको छ ।  
प्राधिकरणले आयोजनाको विद्युत  सुक्खायाम र वर्षायामको क्रमश  ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसा प्रति युनिट दरमा किन्ने छ । तर आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोही अनुसार कम गरिने छ । रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई शुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम कायम गरिएको छ । 

विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूजी आर्थ इक्विटीको अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।
स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि स्कालेसन पाउने व्यवस्था गरिएको छ ।

माथिल्लो त्रिसूली–१ सँग डलरमा पिपिए गर्दा विदेशी मुद्रा  विनिमय जोखिम बेहोर्न ‘हेजिङ फण्ड’ स्थापना गरिने छ । हेजिङ लागत/प्रिमियम नेपाल सरकार, प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा व्यहोर्ने छन् । 

यसभन्दा अघि नेपाल विद्युत प्राधिकरणले खिम्ती ६० मेगावाट, माथिल्लो भोटेकोसी ४५ मेगावाट, तल्लो सोलु ८२मेगावाट, माथिल्लो मस्र्याङदी ए ५० मेगावाट, कोबेली ए ३७ मेगावाट० र रसुवा–भोटेकोसी १२० मेगावाट जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया