MENU

समाज

ujyaalo forign call inside

फेसबुकको सहायतामा बन्यो नमूना घर

सन्तोष थापा/उज्यालो ।

पर्वत, माघ १५ – २०७२ साल वैशाखमा गएको भूकम्पले घर भत्केपछि गोठमा बस्दै आएका पर्वतको होश्राङदका एक परिवारले नयाँ घर पाएका छन् ।

कर्णबहादुर थापा मगरको परिवारले झण्डै चारलाख रुपैयाँको नमूना घरमा बस्ने अवसर पाएको हो ।

भूकम्पपछि निकै कष्टका साथ गोठमा बस्नुपरेको तस्बिर र जानकारी स्थानीय समाजसेवी  दिनेश गुरुङले सामाजिक सञ्जाल फेसबुकमा राखेर सहयोगको अपील गरेपछि कर्णबहादुरलाई नमूना घरमा बस्ने अवसर मिलेको हो ।

त्यही तस्विरलाई सामाजिक सञ्जालमा देखेपछि रुपन्देही तिलोत्तमा नगरपालिका घर भई हाल हङकङमा बस्दै आउनुभएकी हिरा थापा मगरले घर बनाइदिने अठोट व्यक्त गर्दै सहयोग प्रदान गर्नुभएको हो ।

अहिले ३ लाख ७५ हजार रुपैयाँको लागतमा कर्णबहादुरको लागि नमूना घर निर्माण गरी हस्तान्तरण समेत गरिएको छ ।

‘आफ्नो कामको सिलसलामा घुम्दै गर्दा यस्तो अवस्था देखेपछि मलाई केही गर्नुपर्छ भन्ने लाग्यो’ युवा दिनेश गुरुङले भन्नुभयो ‘त्यही कुरालाई सामाजिक सञ्जालमा पोष्ट गरेपछि हिरा थापाले सहयोग गर्ने इच्छा जाहेर गर्नुभयो र घर निर्माण पनि सफल भयो’ शनिबार घर हस्तान्तरण गर्ने कार्यक्रममा दिनेश गुरुङले सुनाउनुभयो ।

कर्णबहादुरकी ८० वर्षीया आमा रनकुमारी थापाको भने गोठमा बस्दाबस्दै मृत्यु भइसकेको छ । मानसिक रुपमा अपाङ्गता भएका कर्णबहादुरले नयाँ घरमा बस्ने अवसर जुटेपछि दंग पर्दै खुशी व्यक्त गर्नुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया