MENU

विचार/अनुभूति

ujyaalo forign call inside

सुदूर नामले राज्यबाटै दूर पारिएको प्रदेश ७ को नाम के राख्ने ?

नवराज पनेरु

कैलाली, माघ १५ –सुदूरपूर्व नरहेको देशमा सुदूरपश्चिम नाम राखेर सुदूरपश्चिमलाई दूरको क्षेत्र बनाइएको छ । प्रदेश नम्बर ७ का बासिन्दाले अब सुदूरपश्चिम नामबाटै छुट्टै पहिचानको माग खोज्न थालेका छन् ।

थुप्रै पर्यटकीय क्षेत्र र धार्मिक क्षेत्र भएको यो क्षेत्रमा सोच विचार गरेरमात्र प्रदेशको नामाकरण गर्न प्रदेश नम्बर ७ का बासिन्दाले सुझाव दिएका छन् ।

नामले सुदूर अर्थात् सबैभन्दा दूर को पहिचान दिएपछि सबैभन्दा पिछडिएको विकास क्षेत्रको रुपमा सुदूर पश्चिमाञ्चलको वर्णन हुन लाग्यो । सुदूरपश्चिमबासीहरु आफैँ पनि आफँैलाई सुदूर अर्थात सबैभन्दा दूरको को भन्दै परिचित गराउन थाले ।

कैलाली उद्योग वाणिज्य संघले तत्कालीन अध्यक्ष गोपाल हमालको नेतृत्वमा सुदूरपश्चिमलाई सुन्दर सुदूरपश्चिमको नामले चिनाउने प्रयास गर्‍यो । सुन्दर सुदूरपश्चिम अभियानले तीव्रता पाएपछि यस क्षेत्रका बासिन्दा पनि आफूलाई सुन्दर क्षेत्रको भएको भन्दै परिचित गराउन थाले ।

अब देश नयाँ संरचनामा गएसंगै प्रदेश नम्वर ७ अर्थात सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको नाम के राख्ने भन्ने विषयले पनि चर्चा पाउन थालेको छ ।

कुनै पनि आन्दोलनको मर्म र नागरिकको माग विपरीत देशलाई धर्म निरपेक्ष घोषणा गरिएकाले प्रदेश नम्बर ७ को नामाकरणमा पनि प्रदेशसभाले त्यस्तै त्रुटी गर्न सक्ने आशंका मानसखण्ड विकास समाजका संस्थापक सचिव आचार्य घनश्याम लेखकको छ । उहाँको समूह अहिले प्रदेश नम्बर ७ को नामाकरण मानखण्ड प्रदेश हुनुपर्ने भन्दै आवाज उठाइरहेको छ ।

शास्त्रीय एवं ऐतिहासिक दृष्टीले हेर्दा पुण्यभूमि ऋषि क्षेत्र, देवभूमिका रुपमा मानसखण्ड अर्थात् ७ नम्बर प्रदेशलाई हेरिएको लेखकले जानकारी दिनुभयो ।

विभिन्न देवी देवताका चरण पादुका शिला, अनेक पर्वत गुफा, फल्टुडेमा रहेको कृष्ण पादुका, डोटीमा रहेको सीताका पाइला, ज्वाला क्षेत्र, बैतडीमा रहेको रामपादुका र विभिन्न ऋषिमुनीहरुले तपस्या गरेका उदाहरणले पनि प्रदेश ७ को नाम नै मानसखण्ड प्रदेश राखिनुपन उहाँको तर्क छ ।

मानसखण्डसँगै, डोटी, सुन्दराञ्चल, खप्तड कञ्चन, अपी सैपाल, सेती–महाकालीलगायतका नामहरु प्रदेशको नामाकरणका लागि विभिन्न सस्कृति विद्हरुले अगाडी सारेका छन् ।

सुदूर नाम राखेर राज्यले नै सबैभन्दा दूरका भनेर अपहेलना गरेको हुँदा त्यसैको भर्पाई गर्ने गरी प्रदेश नम्वर ७ को नामाकरण गर्नुपर्ने गोदावरी धाम विकास समितिका अध्यक्ष तथा सस्कृतिविद् पदमराज जोशीले बताउनुभयो ।

सुदूरपश्चिम राखिएकाले त्यसको भर्पाईका लागि सुन्दराञ्चल प्रदेश उपयुक्त हुने भन्दै उहाँको टिम पनि २०५७ सालदेखि नै सक्रिय रहेको छ ।

प्रदेशको नामले नै उक्त प्रदेशको धेरै पहिचान बनाउने भएकाले विज्ञहरुबाट सुझाव लिनुपर्ने र नामबाटै प्रदेश नम्बर ७ को पहिचान बनाउन पर्ने तर्क नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बासुदेव पाण्डेयको छ ।

उहाँका अनुसार जातीयता र क्षेत्रीयताका नाराले विगतदेखि नै आन्दोलनको भुमरीमा परिरहेको प्रदेश नम्बर ७ भएकाले यहाँका ९ वटै जिल्लाका सबै समुदायलाई अपनत्व अनुभव हुने गरी प्रदेशको नामाकरण गर्नुपर्छ ।

जुन नामले प्रदेश नम्बर ७ का बासिन्दालाई खुलेरै प्रदेशको नाम लिन सहज हुने छ । कैलाली कञ्चनपुरमा थारु समुदायको ठूलो बसोबास रहेको छ । प्रदेशको नाम र सिमानाका लागि यसअघि फरक–फरक आन्दोलन पनि भइसकेका छन् । त्यसैले तराई र पहाडको भावनामा पनि ठेस नपुग्ने गरी प्रदेशको नामाकरण गरिनुपर्छ ।

प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभा बैठक माघ २१ गते जिल्ला समन्वय समितिको सभाहलमा गर्ने तयारी भईरहेका बेला प्रदेशको नामाकरणका विषयमा चर्चा सुरु भएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

  • रोजाको वास्तविकता र सामाजिक सद्भाव

    रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।

  • ​एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

    २ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

  • ​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

    ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया