MENU

विज्ञान प्रविधि

Ncell Axiata

क्यान इन्फोटेक – नेपालीले विकास गरेका प्रविधिमा आकर्षण (फोटो फिचर)

मदन पौड्याल/उज्यालो ।

सूचना प्रविधिको मेला क्यान इन्फोटेक काठमाडौंमा चलिरहेको छ । कम्प्युटर एसोसियसन अफ नेपाल क्यानले आयोजना गरेको मेलामा पछिल्लो समय विकास भएका प्रविधि मुख्य आकर्षण हुन् । 

मेलामा जोड घटाउ गर्ने क्याल्कुलेटरदेखि शरीर जाँच गर्ने सम्मका मेसिन छन् । अवलोकनकर्तालाई एकै थलोमा नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिद गर्ने मौका मिलेको छ । 

कम्प्यूटर, मोवाइल, टिभी, नेट इन्टरनेटमा विस्तार भएका नयाँ कुराबारे जानकारी लिन युवादेखि पाकापुस्ताको जमघट छ । अनि नेपालीले विकास गरेको सामाजिक सञ्जाल सगुनदेखि नेपाली भोटिङ मेसिन मेलामा आकर्षण बनेका छन् । 

क्यान इन्फोटेक मेलाको यो २४ औं संस्करण हो । २ सय २२ वटा स्टल रहेको मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे सहजै जानकारी लिन सकिन्छ ।

त्यस्तै अघिल्लो बर्षदेखि अहिलेसम्म आएका नयाँ प्रविधि पनि देख्न सकिने क्यान महासंघका महासचिव रञ्जित कुमार पोद्धारले बताउनुभयो । बिहीबारदेखि सुरु भएको मेला मंगलबारसम्म चल्नेछ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया