MENU

मनोरञ्जन

ujyaalo forign call inside

चालिस कटेसी रमाउँला भनेको, डिभोर्स पो भयो :मनोज गजुरेल (भिडियोसहित)

‘सुन साहिँली , सुन साहिँली
परदेशबाट म आउँला , 
चालिस कटेसी रमाउँला

चालिस कटेसी रमाउँला भनेको त के को रमाउनु ? उल्टो तनाव र प्रेसर बढ्दो रैछ । डिभोर्स हुने रैछ । हामी जस्तो अनुभविलाई सोध्नुस् न । ’

लैनचौरको एक रेष्टुरेन्टमा गफिँदै मनोज गजुरेलले डिभोर्सको बारेमा घुमाउरो तवरले व्यङ्ग्य प्रहार गरे । सिस्नुपानी नेपालले विदेशमा बस्ने श्रमजिवी नेपालीलाई निशुल्क हाँसो र खुशीदिने ‘दुई थोपाहाँसो’को बारेमा जानकारी दिन आयोजित कार्यक्रममा गजुरेलले यस्तो व्यङ्ग्य प्रहार गरेका हुन् ।

मिना ढकालसँगको सम्बन्धविच्छेद पछि मिडियाबाट टाढै बसेका मनोजले घुमाउरो तवरले विवाह र डिभोर्स माथि व्यङ्ग्य गरे । यति बेला आफू योगा र ध्यानमा बस्ने गरेको बताउँदै विषम परिस्थितीमा सम्हालिने क्षमता आउने भएकोले सबैले योगा र ध्यान गर्नुपर्ने उनले बताए । 

बाबा रामदेवको नक्कल गर्दै उनले पेट बढेको बारेमा व्यङ्ग्य प्रहार पनि गरे । सिस्नुपानी नेपालले आयोजना गर्ने ‘दुई थोपाहाँसो’ कार्यक्रममा उनी बाबा रामदेव बन्ने तरखरमा छन् । वैवाहिक सम्बन्ध विच्छेद भएपछि डिभोर्सको बारेमा केही धारणा राख्नको लागि हामीले उनलाई प्रस्ताव राख्यौँ । - उज्यालाे र गफगाफ डटकमकाे सहकार्य ।

जुन कुराकानी भिडियोमा हेर्नुहोला :

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया