MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​रसुवामा हजार मेट्रिक टन गोलभेडा उत्पादन

रसुवा, माघ १६– रसुवामा एक वर्षमा १ हजार ८ मेट्रिक टन गोलभेडा उत्पादन भएको छ ।

गएको वर्ष ४ सय मेट्रिक टन गोलभेडा उत्पादन भएकोमा किसानले उत्पादन क्षेत्र विस्तार गरेकाले यस वर्ष उत्पादन बढेको बताइएको छ ।

यो वर्ष ६० हेक्टर क्षेत्रफलमा गोलभेडा खेती गरिएको थियोे । जिल्लामा २०६७÷६८ बाट सुरु भएको व्यावसायीक गोलभेडा खेती अहिले जिल्लाभर नै विस्तार भएको छ ।

सुरुवातमा डेड हेक्टर क्षेत्रफलमा २० ओटा प्लाष्टिक घरमा गोलभेडा रोपेर सुरु गोलभेडा खेतीको सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।

कार्यालयले गरेको सर्वेक्षण अनुसार जिल्लामा यो वर्ष एक हजार ६ सय ८० वटा प्लाष्टिक घरमा गोलभेडा खेती गरिएको थियो । प्रतिघर ६ सय केजीका दरले वार्षिक एक हजार ८ मेट्रिक टन गोलभेडा उत्पादन भएको कार्यालयका वागबानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो ।

पाठकका अनुसार जिल्लामा टमाटरको लागि पर्याप्त बजार रहेको र राम्रो मूल्य पाउने कारण कृषकले उत्पादन बढाउँदै लगेका छन् । गोलभेडा खेतीबाट कृषकले वार्षीक ३ करोड ५२ लाख ८० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छ । 

जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैरसरकारी संस्थाको सहयोगले उत्पादनमा वृद्धि भएको देखिन्छ । जिल्लाको उच्च हिमाली भागमा गोलभेडा उत्पादन गर्नका लागि तापक्रम वृद्धि गरी गुमोज आकारका घरहरुको समेत निर्माण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा उत्पादन भएको गोलभेडा करिब ५० प्रतिशत स्थानीय बजारमा नै खपत हुने गर्दछ । बेमौसममा काठमाडौं र त्रिसुलीबाट जिल्लामा भित्रने र मौसमी सिजनमा जिल्लाबाट त्रिसुली तथा काठमाडौं लैजाने गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया