MENU

साहित्य/ कला

Ncell Axiata

आठ साहित्यदूत घोषित

काठमाडौँ,  माघ  १६ –विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ साहित्यकारलाई हिमालहरुका नाम जोडेर सम्मान घोषणा गर्नुभयो । 
समितिले नेपाली साहित्यदूत सगरमाथा तुलसी दिवस र नेपाली साहित्यदूत कन्चनजंघा प्रा डा टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत ल्होत्से मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही (भारत), नेपाली साहित्यदूत मकालु टेकनारायण रिमाल र नेपाली साहित्यदूत मनास्लु ठाकुरप्रसाद गुरागाईँ (म्यानमा), नेपाली साहित्यदूत चोयु भक्त घिमिरे (भुटान÷अमेरिका) र नेपाली साहित्यदूत धौलागिरि अन्नपूर्णलक्ष्मी राई ( बेलायत)लाई घोषणा गरिएको छ । 
सम्मानित स्रष्टालाई ताम्रपत्रसहित सम्मान अर्पण गरिने बताइएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्यदूत घोषणा गरेको महासङ्घका राजु सुब्बाले जानकारी दिनुभयो । 
–रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया