MENU

मनोरञ्जन

Ncell Axiata

बैंकको मन जित्दै कमेडी कलाकार

काठमाडाै‌, माघ १६ – ‘छक्का पञ्जा’को सफलतापछि प्रायः निर्माता, निर्देशकहरुलाई कमेडी चलचित्र चल्छन् भन्ने भएका कारण सबैले कमेडी चलचित्र निर्माण गरिरहेका छन् । तर, सफलता भने सिमितले पाएका छन् । लामो समय हाँस्यव्यङग्य क्षेत्रमा काम गरेर निखारिएर आएका हाँस्यकलाकारको अगाडी अरु चलचित्र फिक्का परिरहेका छन् ।

जसलाई दर्शकले अरुको तुलनामा हाँस्यकलाकारलाई नै बढी रुचाउँछन् भन्ने देखाएको छ । दर्शकको यही मायाका कारण हुनसक्छ हाँस्यकलाकारले बैंककोसमेत मन जितेका छन् । पछिल्लो समय बैङ्क तथा वित्तिय संस्थाको विज्ञापनमा हाँस्यकलाकारहरुको बाहुल्यता बढेको छ ।

भर्खरै मात्रै हाँस्यकलाकार जितु नेपाल ‘सानीमा बीमा कम्पनी’को ब्राण्ड एम्बेसडर भएका छन् । उनीसँगै अभिनेत्री स्वस्तीमा खड्का पनि यसको ब्राण्ड एम्बेसडर बनेकी छिन् । सोमबार ‘सानिमा ईन्स्योरेन्स’को कार्यालय कमलादीमा एक कार्यक्रमको आयोजना गर्दै सानिमा गु्रप अन्तर्गतको सानिमा बीमा कम्पनीले उनीहरुलाई आधिकारिक रुपमा यो जिम्मेवारी सुम्पेको छ । 

उनीहरुले २ वर्षको लागि ब्राण्ड एम्बेसडरको जिम्मेवारी पाएका छन् । उनीहरु यो दुई वर्षको अवधिमा  सानिमा बिमाका प्रचार–प्रसारका हरेक कार्यक्रमहरुमा सहभागिता जनाउनुका साथै आफू सहभागि भएका हरेक कार्यक्रमहरुमा यसको बारेमा बोल्नेछन् । 

त्यस्तै चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य बिगत ६ वर्षदेखि सानीमा बैङ्कको ब्राण्ड एम्बेसडरका रुपमा आबद्ध छन् । उनीहरुले आफूले जिम्मा पाएको अवधिभर सानीमा बैङ्कको सेवा सुविधा बारे टेलिभिजन कमर्सियल (टिभिसी), रेडियो जिङ्गल, पत्र–पत्रिका विज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छन् ।  

नेपालको नम्बर वान रेमिटेन्स कम्पनी आई.एम.ईले पनि ब्राण्ड एम्बेसडरका रुपमा  हाँस्य कलाकार नै रोजेको छ । आई.एम.ई भन्ने वित्तिकै हाम्रो मानसपटलमा  दीपकराज गिरी र दीपाश्री निरौलाको चित्र आइहाल्छ । किनकी उनीहरुले नै ब्राण्ड एम्बेसडरको रुपमा यसको प्रचार प्रसार गर्दै आइरहेका छन् । प्राय आईएमई कार्यालयहरुमा दीपक र दीपाको तस्वीर छ ।

दीपक र दीपा आईएमईको आजीवन ब्राण्ड एम्बेसडर भएका छन् । यतीमात्र होइन उनीहरुले हालैमात्र तीन वर्षको लागि कृषि विकास बैङ्कको प्रचार प्रसारको जिम्मा पनि पाएका छन् । उनीहरुलाई कृषि विकास बैंकले केही दिन अघि मात्रै ब्राण्ड एम्बेसडरको जिम्मा दिएको छ । ब्राण्ड एम्बेसडरको जिम्मा पाएका यी बैङ्कहरुको प्रमोशनमा आफूहरु रोचक ढंगले प्रस्तुत हुने उनीहरुले प्रतिबद्धता जनाएका छन् । 

यस्तै अर्का हाँस्य कलाकार शिवहरी पौड्याल र किरण के.सी पनि विगत दुई वर्षदेखि ‘जनता बैङ्क’को ब्राण्ड एम्बेसडरका रुपमा आवद्ध छन् । उनीहरुले ३ वर्षको लागि यसको जिम्मा पाएका हुन् ।  यसकोे अवधि अब एक वर्ष मात्र बाँकी रहेको किरण के.सीले बताए । 

त्यस्तै पछिल्लो समय पुननिर्माणको काममा आफ्नो पाइला चालेका हाँस्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि केही वर्ष अघिदेखि ‘बैङ्क अफ काठमाडौं’, सिटी एक्सप्रेस मनी ट्रान्फर र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडरका रुपमा आबद्ध भएका छन् । उनीहरुले पनि तोकिएको समय अवधिभर यसका सेवा सुबिधाबारे रचनात्मक शैलीबाट जानकारी गराइरहेका छन् ।

- उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया