MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​७० प्रतिशत अफगानिस्तानका नागरिक तालिवानी लडाकूको त्रासमा

माघ १७ –बीबीसी रिपोर्टका अनुसार ७० प्रतिशत अफगानिस्तानका नागरिक तालिवानी लडाकूको त्रासमा बाँच्न बाध्य रहेका छन् ।

File photo of Taliban fighters in Afghanistan in November 2009

अमेरिकाले खर्बौ खर्च गरेर तालिवानी लडाकूलाई समाप्त पार्न खोजे पनि अफगानिस्तानमा ७० प्रतिशत नागरिक तालिवानका लडाकूको त्रासमा रहेको बीबीसीले जनाएको छ ।

महिनौं लगाएर गरिएको अनुसन्धानबाट अफगानिस्तानमा सन २०१४ पछि विदेशी सैनिक हटाएपछि तालिवानले आफ्नो क्षेत्र अफगानिस्तानमा बनाउँदै गएको बीबीसीले जनाएको छ ।

अफगान सरकारले प्राय भू–भागहरु आफ्नो पक्षमा लिएको जनाए पनि पछिल्ला घटनाले अफगानिस्तानमा तालिवानले पक्कड जमाउँदै गएको देखिएको छ ।

काबुलको पछिल्लो घटनापछि गरिएको अनुसन्धानमा तालिवान र इस्लामीक स्टेटले अफगानिस्तानमा कब्जा जमाउँदै गएको बीबीसीले जनाएको छ ।

बीबीसीका रिपोर्टरले १ हजार २ सय स्थानीयसँग गरेको कुराकानी र ३ सय ९९ जिल्ला भ्रमण गरेर उक्त अनुसन्धान गरिएको जनाएको छ । अनुसन्धान टेलिफोन र स्थानीय स्तरमै गएर गरिएको बीबीसीले जनाएको छ ।

बीबीसी रिपोर्टरले गरेको अनुसन्धानमा अफगानिस्तानको आधा जनसङ्ख्या अर्थात १५ मिलियन नागरिक तालिवानीको नियन्त्राणमा रहेको पाइएको छ ।

अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) पनि पहिलाको भन्दा बढी सक्रिय भएको बीबीसीको अनुसन्धानले जनाएको छ । बीबीसीका अनुसार तालिवानी लडाकूले अफगानिस्तानको १४ जिल्ला अर्थात अफगानीस्तान देशकै ४ प्रतिशत भूभाग कब्जा गरेका छन् ।

अफगानिस्तानका १ सय २२ जिल्लामा अफगान सरकारको नियन्त्रण रहेको भए पनि ती जिल्ला तालिवान लडाकूको आक्रमणभन्दा बाहिर नरहेको बीबीसीले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया