MENU

मनोरञ्जन

Ncell Axiata

नाम जोडिने डरले सुटुक्क विहे गरेँ – लोक गायिका जानकी तारमी मगर

ढाड दुखेर मार्‍याे, मेयरनीको पोई, साइकल किन्न जाम जस्ता समय सान्दर्भिक गीतहरु गाएर दर्शक श्रोताको मन जितेकी लोक गायिका जानकी तारमी मगरले डेढ वर्ष अघि गोरखाका भगवान थापासँग सुटुक्क लगान गाँठो कसिन् । प्रेममा परेको ६ वर्षपछि उनले भगवानसँग विवाह गरेकी हुन् । तर उनको विवाहको खबरहरु त्यति धेरै चर्चामा आएनन् । हामीले उनै तारमी र उनका श्रीमान् भगवान थापासँग प्रेम र विवाहबारे केही कुराकानी गर्ने अवसर पाएका छौँ ।

पहिलो भेट 

जानकी– हाम्रो पहिलो भेट ६९ सालतिर नयाँ बजारमा भएको हो । हामी एउटै एरियामा बस्थ्यौँ अनि त्यहि क्रममा भेट भएको हो । उहाँ नयाँ बजार युवा क्लबको अध्यक्ष हुनुहुन्थ्यो । सरसफाई कार्यक्रम गर्ने क्रममा चिनजान र भेटघाट भयो हाम्रो । माया पिरतीको भेट भने ७० साल तिर भएको थियो । जाडोको मौसम थियो । हामी भाइबरमा थियौँ । भाइबरले नै हाम्रो माया बसालेको हो । त्यती बेला सम्म हामी फेसबुकमा साथी थिएनौ । तर हाम्रो भाइबरमा भने खुबै कुरा हुन्थ्यो । कुरा गर्दा गर्दै उहाँले पहिला मलाई विवाहको प्रस्ताव राख्नुभएको थियो (हाँसो)।

भगवान– उसको ठूलोलाई आदर सत्कार र सानालाई माया गर्ने बानी मलाई निकै मन परेको हो । उनको सालीनताको कारणले पनि म आर्कषित भएँ र उनलाई प्रस्ताव राखेँ । 

जानकी– मलाई उहाँको सबै कुरा मन पर्छ । उहाँ बुझेको र समझ्दारी मान्छे हुनुुहुन्छ । 

पहिलो डेट 

जानकी–पहिलो डेट हाम्रो फिल्म हलमा भएको हो । हिन्दी फिल्म हेर्न सिटी सेन्टर गयौँ । अनि हलमा पनि एकदमै कुनाको सिटमा बसियो । त्यही समयमा हाम्रो साईडमा भएको माडवारी जोडीले तपाई बुढाबुढी हो? भनेर सोध्दा उहाँले हो भनिदिनुभएको थियो (हासोँ) । हामी प्राय घुम्न गइरहन्थ्यौँ । पोखरामा ‘भ्यालेन्टाइन डे’ को दिनमा उहाँले मलाई अझै मज्जासँग प्रपोज गर्नुभएको थियो । भाइबरको भन्दा पनि । यो ७० साल तिरको कुरा हो । 

मलाई मान्छेले चिन्लान भनेर हामी दिउसोको सिनेमा हेर्दैनथ्यौँ । साँझको सिनेमा हेर्न जान्थ्यौँ । त्यो पनि कोही भेट्यो भने माक्स लगाइहाल्ने । किन भने नाम जोडिएको थिएन कसैसँग पनि अनि जोडिएला कि भनेर डर लाग्थ्यो ।

भगवान– प्रेमिको हो भन्यो भने त दुनिया कुरा हुन्छ नि त्यहि भएर मैले हामी श्रीमान् श्रीमती हौँ भनिदिएको थिएँ । उनलाई फेरि सिनेमा हेर्न एकदमै मन लाग्ने यहि कारण म उनलाई फिल्म हेर्न लैजान्थेँ । 

सुटुक्क विहे

जानकी–हाम्रो विवाहको कुरा मिडियामा भने खासै आउन पाएन । तर हाम्रो परिवारको सदस्यहरुलाई भने थाहा थियो । हामीले धूमधाम सँग विवाह गरेनौँ । विवाहचाहिँ हामीले तीन चोटी गर्यौ । एक चोटी गुह्वेश्वरी मन्दिरमा, त्यसपछि गोर्खा घरमा गएर र अन्त्यमा मगरको चलन अनुसारले विवाह गर्यौ । 
यहाँ हामीले मेरो कलाकार साथीहरु उहाँको साथीहरु बोलाएर गर्न समय नमिल्ने भएको हिसाबले नै हाम्रो विवाह सुटुक्क भयो । 

भगवान– परिवारको जेठो छोरो म । बाबा आमाले तिम्रो खुसी नै मेरो खुसी हो भन्नुहुन्थ्यो त्यो कारण पनि मेरो कुरा भने कसैले काट्न सक्नुहुन्न । हामीले विवाह गर्नुभन्दा अगाडी नै ऊ हाम्रो घरमा गईसकेको थियो । त्यही कारण विवाहको समयमा गाह्रो भने भएन । मिडियामा सुटुक्क भएपनि परिवारमा भने सुटुक्क भएन ।

–उज्यालो र गफगाफ डटकमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया