MENU

मनोरञ्जन

Ncell Axiata

‘शत्रुगते’ को दोश्रो गीत ‘जता जता पिरतीको बर्को’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ १७ – १६ वर्षपछि मह सञ्चारको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘शत्रुगते’को ‘जता जता पिरतीको बर्को’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । 

अर्जुन भट्टराईको रचना तथा कालीप्रसाद बास्कोटाको स्वर रहेको यस गीतको भिडियोमा कविराज गहतराज तथा प्रविन सिंहले नृत्य निर्देशन गरेका छन् । प्रदीप भट्टराइले निर्देशन गरेको भिडियोलाई श्रीधर पौडेलले छायांकन गरेका छन् भने पल शाह र आँचल शर्माले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन् । चलचित्रको यो गीतमा पल शाह चार्लीको गेटअपमा देखिएका छन् ।  केही हप्ता अघि यसै चलचित्रको पहिलो गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको थियो ।

किरण केसीले निर्माण गर्न लागेको चलचित्र ‘शत्रुगते’ चैत ९ गते प्रदर्शनको तयारीमा छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् भने चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पल शाह, आचल शर्मा, प्रियंका कार्की, दिपकराज गिरी, दिपाश्री निरौलालगायतका कलाकारहरुलाई मुख्य भूमिकामा देख्न सकिन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया