MENU

मनोरञ्जन

Ncell Axiata

२०१७ का ओस्कार विजेता केसी अफ्लेकले २०१८ को पुरस्कार वितरण गर्न नपाउने

माघ १७ – गएको वर्षका ओस्कार विजेता केसी अफ्लेकले २०१८ को पुरस्कार वितरण गर्न नपाउने भएका छन् । केसी अफ्लेकले गएको वर्ष ‘म्याचेस्टर बाय द सी’ फिल्मबाट २०१७ को उत्कृष्ट अभिनेताको लागि ओस्कार अवार्ड जितेका थिए ।

तर, उनलाई यो वर्षको ओस्कार अवार्ड कार्यक्रममा नै नबोलाईने भएको छ । जबकी एकेडेमी अवार्डमा गत वर्षको उत्कृष्ट अभिनेताले नै वर्तमान उत्कृष्ट अभिनेत्रीको अवार्ड विजेतालाई पुरस्कार वितरण गर्ने परम्परा रहेकोे छ । उनलाई पुरस्कार वितरण मात्रै होइन ओस्कार अवार्ड समारोहमै नबोलाइने भएको छ । 

२०१० मा एफ्लेक विरुद्ध दुईजना महिला कलाकारले यौन हिंसाको मुद्दा दर्ता गराएका थिए । महिलाले अफ्लेकसँग ‘आइ एम स्टील हियर’ मा सँगै काम गरेका थिए । हलिउडका महिला कलाकारमाथी यौन हिंसा गर्नेमध्ये एफ्लेकको नाम पनि मुछिनु नै उनलाई ओस्कार अवार्डमा प्रतिबन्धको प्रमुख कारण बनेको छ ।

जसका कारण एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सद्वारा केसी अफ्लेकलाई २०१८ को ओस्कार पुरस्कार वितरण गर्न प्रतिबन्ध लगाइएको हो ।  २०१८ को ओस्कार अवार्ड कार्यक्रम मार्च ४ मा अमेरिकाको लस एन्जलस को डल्बी थिएटरमा हुँदैछ ।

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया