MENU

साहित्य/ कला

Ncell Axiata

लमजुङको ‘पानीघट्ट’ भारतको कोलकत्ता पुग्ने

श्यामशितल परियार/उज्यालो ।      

लमजुङ, माघ १८– लमजुङमा दोश्रो पटक ‘थिएटर’मा नाटक ‘पानीघट्ट’ मञ्चन हुने भएको छ । नाटक बिहीबारदेखि २० गते शनिबारसम्म जिल्ला समन्वय समितिको सभाहलमा मञ्चन हुने भएको हो । 

मञ्जरी नाट्य समूह लमजुङको आयोजना तथा जिल्ला समन्वय समिति लमजुङ र बेसीशहर नगरपालिको प्रवद्र्धनमा नाटक मञ्चन हुन लागेको हो । नाटक ‘पानीघट्ट’मा लमजुङको ग्रामिण परिवेशको कथा समेटिएको नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले बताउनुभयो ।

‘पानीघट्ट हाम्रो नेपाली सँस्कृतिसँग जोडिएको विषय हो, कयौं ग्रामिण क्षेत्रमा अझै कुटानी/पिसानीका लागि पानी घट्टकै भर पर्नुपर्ने अवस्था छ, सुगम ठाउँमा यो हराईसक्यो, मौलिक सँस्कृति संरक्षणमा टेवा पुर्याउनु पनि नाटक मञ्चनको उदेश्य हो,’ नाटकका लेखक तथा निर्देशक लम्सालले भन्नुभयो, ‘ठाडोभाका लमजुङको चिनारी हो, यो अहिले लोप हुने अवस्थामा छ, नाटकमा ठाडोभाकासंगै वैदेशिक रोजगारीका विषयलाई पनि उठाएको छौँ ।’   

उहाँकै लेखन/निर्देशनमा यसअघि लमजुङमा पहिलोपटक ‘थिएटर’मा नाटक ‘फड्के’ मञ्चन भएको थियो । ‘फड्के’लाई धेरै दर्शक÷श्रोताले रुचाएका थिए । दर्शक÷श्रोताको मिठो माया र न्यानो साथकै कारण नाटक ‘पानीघट्टट’ सम्म आईपुगेको नाटकका कलाकार तथा मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले बताउनुभयो ।    

नाटक ‘पानीघट्ट’ पृथक बनेको र यसले धेरैको मन जित्नेमा नाटकका सहायक निर्देशक एवम् कलाकार सञ्जोग लामिछाने ढुक्क हुनुहुन्छ । नाटकमा स्थानीय १८ कलाकारको अभिनय हेर्न पाईन्छ । 

मोफसलमा रहेर नाट्यकर्मममा जुट्नु निकै चुनौतीपूर्ण रहेको नाटक लेखक तथा निर्देशक लम्सालको भनाई छ । ‘मोफसलमा रही नाट्यकर्ममा रम्नु चुनौतीपूर्ण छ, मुख्यत: मोफसलमा प्राविधिक तथा आर्थिक समस्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘अर्को दर्शक/श्रोता पाउन गाह्रो हुन्छ ।’   

मौलिक परिवेश समेटिएको नाटक ‘पानीघट्ट’ आउँदो फागुन १२ गते भारतको कोलकत्तामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन हुने लम्सालले बताउनुभयो । लम्सालले नाटक ‘पानीघट्ट’को स्क्रिप्ट २०६४ सालमा लेख्नुभएको हो ।    

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया