MENU

बातावरण-कृषि

Ncell Axiata

रैथाने बीउ लोप हुँदै

रसुवा, माघ १८ – जिल्लामा हाइब्रिड बीउको प्रयोग बढ्दै गएपछि रैथाने बीउहरु हराउन थालेका छन् । 

हाइब्रिड बीउ बजारमा सजिलै उपलब्ध हुने र थोरै समयमा धेरै आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको पाँचवटै स्थानीय तहमा हाइब्रिड बीउ पुगेको छ । कालिका गाउँपालिका –३ का किसान खुवाप्रसाद न्यौपानेका अनुसार लगानी अनुसारको प्रतिफल आउन छोडेकाले रैथाने बीउ प्रयोग गर्न छोडिएको हो । 

उहाँले भन्नुभयो, ‘ दश वर्ष अघिसम्म गाउँमा भुन्टे मसिनो धान फल्थ्यो । २ पाथी बीउले ५ मुरी धान उत्पादन हुन्थ्यो । तर, शंकर जातको हाइब्रिड धान लगाउँदा १२ मुरी धान फल्यो ।’ त्यही जमिनमा पछिल्लो समय २० क्वीन्टल आलु फलेको उहाँले सुनाउनुभयो । 

स्थानीय बीउ संरक्षण नगर्दा तत्काल असर नदेखिए पनि दीर्घकालिन रुपमा यसले ठूलै चुनौतीको सामना गर्ने जीवजिवेका अगुवा किसान भवनाथ पौडेल बताउनुहुन्छ । ‘हामीले अहिले तत्कालै फाइदा हुने देखेर हाइब्रिड बीउको प्रयोग बढाएका छौँ, पौडेलले भन्नुभयो, विदेशबाट बीउ आउन छोडेमा हामी भोकै पर्ने खतरा रहेको छ ।’

कालोमास, मुगी, मस्याङ्, गहत कालो र खैरो, मुसुरो, खेसरी, जाँते फर्सी, मकै सिमी, ताम्रा सिमी, लेकाली छिरबिरे र सेता सिमीहरू लोप हुँदै जान थालेकोले यसप्रति किसान तथा सरोकारवालाले ध्यान दिनुपर्ने कटुन्जेका किसान तुलसीप्रसाद खतिवडाको भनाई छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया