MENU

मनोरञ्जन

ujyaalo forign call inside

बिग्रियो सलमान र कबिरको सम्बन्ध

माघ १८ –बलिउड नायक सलमान खान र निर्देशक कबिर खानबीचको सम्बन्ध बिग्रिएको छ । लामो समय एक अर्कासँग काम गरिसकेका यी दुई खानबीच चलचित्र ‘ट्यूवलाइट’बक्स अफिसमा फ्लप भएसँगै सम्बन्धमा खटपट आएको हो ।

कबिर खानले सलमानलार्इ लिएर ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ र ‘ट्यूवलाइट’ जस्ता चलचित्र बनाइसकेका छन् । पछिल्लाे समय दुवै एकअर्कासँग बोल्न छोडेको बताइएकाे छ । 

सलमान र कबिरबीच फिल्म ‘ट्यूवलाइट’ र यसमा भएको पात्रको बारेमा धेरै बहस भएको थियो । सुटिङका क्रममा पनि दुवैबीच धेरै कुरालाई लिएर मतभेद हुने गरेको थियो । चलचित्रको सुटिङकाे क्रममा दुवैबीचको विवादका कारण चलचित्र यूनिटका सदस्य पनि हैरान भएका थिए । सलमानको सुझावलाई कबिरले नमान्दा दुवैबीच टकराव हुने गरेको थियाे । 

भर्खरै मात्र सञ्चार माध्यममा यी दुवैको सम्बन्ध बिग्रिएको खबर आयो कबिर खानले हाँसेर यस कुरालाई टारी दिएका थिए । जब ‘एक था टाइगर’ को सिक्वेलमा निर्देशनका लागि अलिअब्बास जफरलाई हस्ताक्षर गरियो तब कबिरले थाहा पाए की सलमानबीचको सम्बन्ध अब पहिले जस्तो रहेन ।

 

अलिले सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ जस्ता सुपरहिट फिल्म पनि दिइसकेका छन् । अलि र सलमानले सँगै काम गरेको चलचित्र ‘भारत’ पनि प्रदर्शनको तयारीमा छ । 

उता कबिर खानले आफ्नो चलचित्रका लागि सलमानलाई आग्रह गरेका थिए तर सलमानले उनको कुरामा रुचि नै देखाएनन् । सलमान खान अलिअब्बास जफरसँगको काममा व्यस्त छन् भने कबिर रणबीर सिंहका साथ क्रिकेटमा आधारित फिल्म बनाइरहेका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस