MENU

मनोरञ्जन

Ncell Axiata

बद्रीले सम्झाए नेताका बाचा

प्रेमनारायण आचार्य, उज्यालो । 

‘लौन नेता ज्यू अर्घाखाँची आउँ न कहिलेकाहीँ, किन नेताज्यू हाम्रो भेट हुन्न पहिले झैँ’ लोक गायक बद्री पंगेनीले मञ्चमा अगाडि बसेका प्रदेशसभाका सदस्यहरु चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेलाई सम्बोधन गर्दै गीत गाउन सुरु गरेपछि दर्शकले चनावका बेलामा गाउँमा आएका नेतालाई सम्झे । 

त्यतिबेला नेताहरुले भोट माग्दा गरेका बाचा र दिएका आश्वासन सम्झिए । गीतको तालमा कोही नाचे कसैले पंगेनीसँगै गीत गाए । नागरिकको वास्तविकतालाई समेटेर गीत गाउने कालाकार  बद्री पंगेनीले जब गीतमा हाम्रो गाँउमा स्कुल छैन, बाटो छैन, पानी छैन, जनतालाई साँझ विहान पेटभरी खान छैन भन्दै गीत गाउँदा सबैले आफ्नो अवस्था सम्झिए । अहिलेको वास्तविकता पनि यही हो । 

अर्घाखाँचीको सन्धिखर्कमा भैरहेको अर्घाखाँची महोत्सवमा पंगेनीले यस्ता गीत गाएर सुनाएका हुन् । उनले भर्खरै चुनाव जितेका नेताहरुलाई राम्रो काम गर्न र स्थानीय नेताहरुलाई स्थानीय तहको विकास गर्न पनि घच्घच्याए । 

अर्घाखाँची जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले गरिएको महोत्सवमा हाँस्यब्यंग कलाकार राजा राजेन्द्र पोख्रेलले अभिनय गरेर दर्शकहरुलाई हँसाएका थिए । महोत्सवमा अन्य कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाएका थिए । 


 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया