MENU

मनोरञ्जन

ujyaalo forign call inside

​महंगो पर्न गयो ‘पिरतीको बर्को’– किरण केसी

बुधबार राईजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा ‘शत्रुगते’को  दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक गरियो । जतिले यो गीतको भिडियो हेरेका छन् सबैले गीत राम्रो भएको प्रतिक्रिया दिइरहेका छन् ।

बुधबार दिउँसो साढे तीन बजे सार्वजनिक भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २ लाख ७९ हजार भन्दा धेरै पटक हेरिएको छ । बिहीबार हामीले सिनेमाका प्रस्तुतकर्ता किरण केसीसँग पिरतीको बर्को विशेष गफगाफ गरेका छौँ ।

‘शत्रु गते’को गीत १७ गते सार्वजनिक गर्ने साइत जुरेको हो वा संयोग परेको हो ?

यो हामीले जुराएको भने हैन । संयोगवस जुर्न गएको हो । 

यो गीतको छायाकंन कतिदिनमा पूरा भएको हो ?

४ दिनमाहामीले यसको छायांकन सकेका थियौँ ।

यो गीतको छायांकन कहाँ–कहाँ गर्नुभयो ?

यसमा लोकेशन र ड्रेस धेरै परिवर्तन भएको छ । हामीले गीतमा निकै मिहेनत गरेको छौँ । यसमा प्रयोग भएको ड्रेस, समय र लोकेशनले गर्दा यो गीत खिच्दा अलि महंगो रकम नै परेको छ । अहिलेको युवा पुस्तालाई फोकस गरिएको गीत हो यो  र खुसीको कुरा सार्वजनिक भएपछि पनि सबैले मन पराईदिनु भएको छ । हाम्रो मिहेनत खेर गएको छैन ।

तपाईँको नजरमा दोस्रो गीत पहिलो भन्दा राम्रो कि कस्तो ?

‘रुपै मोहनी’मा हामीले पुरानो पुस्ता र नयाँ पुस्तालाई समावेश गरेका छौँ । नाम चलेका टाउके टाउके कलाकारहरु छन् । दोस्रो गीतलाई भने नयाँ पुस्ताका कलाकार पल र आँचललाई समावेश गरेका छौँ । यो गीत युवा पुस्तामा फोकस त भई नै हाल्यो । यसका अलावा बुढाबुढी र बच्चाबच्चीलाई पनि मन पर्छ भन्ने आशा छ । त्यसमाथि पनि कालिप्रसादको गीत हो यसलाई दर्शकले रुचाउनु भएको छ र अझै रुचाउनु हुन्छ भन्ने आशा छ । अनि अर्को कुरा हामीले यो गीतमा कुनै पनि सम्झौता नगरी निकै मेहनत गरेर खिचेका हौँ ।

गीत कसरी जुर्न गयो सिनेमाको लागि ?

हाम्रो सिनेमा तीन पुस्ताको सिनेमा हो । कथा अनुसार पल र आँचल छोरा र छोरीको भूमिकामा छन् । हाम्रो कथा अनुसार कालिलाई यो गीत बनाउन झण्डै पाँच महिना नै लाग्यो । हाम्रो सिनेमासँग मिल्ने गीत खोजेर उहाँले निकै मिठो बनाउनु भएको छ । 

ट्रेलर कहिले रिलिज गर्नुहुन्छ ?

हामीले यसको टिजर २६ गते सार्वजनिक गर्ने भएका छौँ ।  अनि ट्रेलर सिनेमा आउनुभन्दा १५/१६ दिन अघि रिलिज गर्छौँ । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया