MENU

समाज

ujyaalo forign call inside

विदेश जान चाहनेलाई खानेबस्ने सुविधा सहित निःशुल्क सीप तालिमकाे अवसर

काठमाडौं, माघ १८ – के तपाईं रोजगारीका लागि विदेश जाने सोचमा हुनुहुन्छ ? त्यसो हो भने सीप सिकेर जाँदा मात्रै तपाईंले विदेशमा राम्रो काम र तलब पाउन सक्नुहुन्छ । 

कामदारको धेरै माग रहेको खाडीका देशमा चाहिने सीप सित्तैमा सिक्न पनि पाइने भएको छ । नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन लागेको हो । 

पुरुष कामदारले मेसन (डकर्मी) र सटरिङ कार्पेन्टर (फर्मा लगाउने) सीप सित्तैमा सिक्न पाउनेछन् । त्यसैगरी महिलाले गार्मेन्ट मेसिन अपरेटरको सीप सिक्न पाउनेछन् । 

कहिलेदेखि तालिम सञ्चालन हुन्छ 

  

कसले तालिम लिन पाउँछन् ?

मेसन र सटरिङ कार्पेन्टर तालिम लिन १९ देखि ३५ वर्षभित्रको उमेर हुनुपर्ने, पासपोर्ट भएको र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएको हुनुपर्छ । मेसनका लागि कक्षा ५ भन्दा माथि र सटरिङ कार्पेन्टरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ । 

तालिमको अन्त्यमा सीप परीक्षण (Skill Test) पनि गरिनेछ । सीप परीक्षणमा सफल हुनेलाई खाडीका देशमा मान्यताप्राप्त प्रतिष्ठित तालिम दिने संस्थाले प्रमाणपत्र समेत दिनेछ । 

त्यस्तै, जोर्डनका गार्मेन्ट कम्पनीहरुमा रोजगारीका अवसरलाई लक्षित गरी महिलाका लागि मात्र गार्मेन्ट तालिम सञ्चालन हुँदैछ । १९ देखि ३० वर्षभित्रका, कक्षा ५ भन्दा माथि पढेका, पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका महिलाले गार्मेन्ट सम्बन्धी तालिम लिन सक्नेछन् । तालिम सकिएपछि एक रुपैयाँ पनि लगानी नगरी जोर्डनमा रोजगारीका लागि जान पाइनेछ ।

सबै तालिम एक महिना (३० दिन)को हुनेछ । तालिममा सहभागी हुन कसैलाई कुनै पनि शीर्षकमा शुल्क तिर्नुपर्दैन । तालिम अवधिमा परिवार व्यवस्थापन, आम्दानीको व्यवस्थापन, नयाँ ठाउँमा घुलमिल हुने, स्वास्थ्य, सुरक्षा आदि विषयमा पनि जानकारी दिइन्छ । तालिममा सहभागी हुनेलाई तालिम अवधिभर खाने र बस्ने सुविधा समेत निःशुल्क दिइनेछ ।

तालिम पूरा भएपछि इच्छुक व्यक्तिलाई रोजगारीका लागि विदेश जान तालिम केन्द्रले समेत आवश्यक सहयोग गर्नेछ । तालिममा सहभागी हुन इच्छुकले मोवाइल नम्बर ९८४१३६७९६९, ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर थप जानकारी लिन सकिन्छ । 

 

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा कामदारका लागि लाभदायक बनाउने नेपाल सरकारको पहलमा हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल र उज्यालोको सहकार्य । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया