MENU

मनोरञ्जन

Ncell Axiata

​शाहरुख खानको अलीबाग फार्म हाउसमा आयकर विभागको शिल

माघ १८ - बलिउड नायक शाहरुख खानको मुम्बइमा रहेको अलिबाग फर्म हाउसमा भारतीय आयकर विभागले शिल गरेको छ । यो कारवाही शाहरुखले कानुन विपरित बेनामी सम्पत्ति लेनदेन गरेरकाले गरिएको हो । शाहरुखलाई यस विषयमा लिएर विभागले चिठ्ठी पनि पठाएको छ । आयकर विभागले उनलाई उक्त चिठ्ठीको जवाफ ९० दिनभित्र पेश गर्न आदेश दिएको छ । 


शाहरुखले खेतीपाती गर्ने जमिनलाई खेती गर्ने किनेका थिए तर पछि उनले नियम विपरित त्यो जमिनमा आलिशान फार्म हाउस, स्वीमिङ पुल र हेलिप्याड बनाएका थिए । जसका कारण उनलाई नियम उल्लंघनको आरोप लागेको छ । शाहरुखले गतवर्ष उनको जन्मदिनको पार्टी सोही फार्म हाउसमा राखेका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया