MENU

बातावरण-कृषि

Ncell Axiata

​माघमा पनि धान रोपाइँ !

माघ १९ –माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङमा भने धमाधम धान राेपाइँ भैरहेकाे छ ।

मोरङको रंगेली नगरपालिका–६, मा रहेको मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला बिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । यो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका छन् ।

रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले गएको ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आउनुभएको छ ।

केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ ।
–रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया