MENU

मनोरञ्जन

ujyaalo forign call inside

फ्राइडे सिनेमा – शेरबहादुरसँगै म्याजी रनर र कुल्दिप पट्वाल : आई डिडन्ट डु इट

काठमाडौं, माघ १९– शुक्रबार नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘शेरबहादुर’ सँगै हलिउड चलचित्र ‘म्याजी रनर’ र बलिउड चलचित्र ‘कुल्दीप पट्वाल : आई डिडन्ट डु इट’ पदर्शनमा आएका छन् । 

शेरबहादुर धेरै रिसाउने व्यक्तिको जीवनमा आधारित चलचित्र हो । एउटा अवकाशप्राप्त सेनाको कथामा यो चलचित्र निर्माण भएको छ । धेरैले यो चलचित्रलाई हलिउड चलचित्रबाट प्रभावित भन्ने आरोप लगाएका छन् ।

चलचित्रमा सुनिल थापा मुख्य भूमिकामा रहेका छन् । त्यस्तै कर्मा, मेनुका प्रधान, रबिन्द्र झालगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । आर. राजवंशीले निर्देशन गरेको यस चलचित्रलाई दीर्घ गुरुङ र निरायन जिसीले छायांकन गरेका छन् । प्रमोद क्षेत्रीको लेखन रहेको यस चलचित्रलाई गौरीशंकर धुजु र धिराज राजवंशीले निर्माण गरेका हुन् ।

यसअघि नै चलचित्रको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत हिट भइसकेको छ । गीतमा गायक कोशीस क्षेत्री र मीना नीरौलाले स्वर दिएका छन् भने बसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । 

त्यस्तै ‘कुल्दीप पट्वाल : आई डिडन्ट डु इट’ एक सत्यकथामा आधारित चलचित्र हो । यस चलचित्रका निर्माता तथा निर्देशक रेमी कोहली हुन् । चलचित्रमा दिपक डोबरीयाल, राइमा सेन, प्रविन डब्बासलगायतका कलाकार मुख्य भूमिकामा देखिएका छन् । यस्तै हलिउड चलचित्र ‘म्याजि रनर’ मिसनमा आधारित एक्शन चलचित्र हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया