MENU

मनोरञ्जन

ujyaalo forign call inside

युएईमा ‘दुई थोपा हाँसो’ छर्दै सिस्नुपानी टोली

उमाकान्त पाण्डे/उज्यालो । 

माघ १९ – युएईका मजदुर क्याम्पमा दुई थोपा हाँसो लिएर यती बेला सिस्नुपानीको टोलीले विभिन्न ठाउँमा प्रस्तुति देखाइरहेको छ । रोजगारीका क्रममा युएईमा रहेका नेपालीलाई दुई थोपा हाँसो लिएर नेपालबाट आएका सिस्नुपानीका कलाकार टोलीले नेपाली नागरिकको सद्भावना सन्देश सम्प्रेषण गरिरहेका छन् । 

स्थानीय निकायको चुनावपछि देश विकासका कुरा, सपनामा देश स्वर्ग र देशवासी स्वर्गवासी भएका व्यङ्गात्मक खुराक, हुन्डी र दलालभाँती मुक्त समाज, नयाँ संविधान जारी भएपछिका खुसी, भारतको नाकाबन्दीको व्यांग्यात्मक प्रस्तुति गर्दै विदेशमा पसिना बेचिरहेका नेपालीलाई दुई थोपा हाँसो लिएर सिस्नुपानीका कलाकार मध्यपूर्वी खाडी मुलुकको यात्रामा निस्केका हुन् ।

विदेशमा हड्डी घोटेर कमाएको पैसा र उनै नेपालीले पठाएको रेमिट्यान्सबाट धानिएको मुलुकले परदेशी नेपालीलाई देशले उचित सम्मान गर्नुपर्ने आवाज कलाकारले प्रस्तुतिमा उठाएका छन् ।

कलाकारको टोलीमा सिस्नुपानीका अध्यक्ष लक्षमण गाम्नागे, उपाध्यक्ष व्यङ्ग्य कवि अर्जुन पराजुली, महासचिव टंक आचार्य, डा. रविन्द्र समिर पाण्डे सहित हास्य कलाकार मनोज गजुरेल हुनुहुन्छ । आबुधाबीमा भएको कार्यक्रममा रुन्चे गायक प्रकाश पौडेलले गजुरेलको प्रहसनमा सहयोग गर्नुभएको थियो 

कलाकारले युएईमा पहिलो कार्यक्रम बिहीवार साँझ आबुधाबीको मुसाफा मजदुर क्याम्पको छेउमा रहेको अल अहलिया अस्पतालमा ग¥यो । त्यस्तै शुक्रबार दिउँसो दुबईमा मुख्य मजदुर क्याम्प रहेको अलकुजको ब्रकली क्याम्प पुगेर कामदार बस्ने घरकै ठूलो हलमा कार्यक्रम गर्दैछ । 

साँझ अलऐनमा रहेको यूनिकाइ फुड कम्पनीको क्यम्पमा कार्यक्रम हुँदैछ । शनिबार दिउँसो सारजाहको नेसनल पेन्टमा रहेको लाक्नोर क्याम्पमा, आइतबार अलकुजको एम्रिल क्याम्प र सोमबार फुजेराहमा कार्यक्रम गरेर कामदारमा हाँसो ल्याउने प्रयास गर्ने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।    

एनआरएन युएईले व्यवस्थापन गरिरहेको कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्ड, आइएमई ग्लोबल बैंक लगायत नेपाल राष्ट्र बैक, पर्यटन बोर्ड लगायतले सहयोग गरिरहेका छन् । कार्यक्रममा निःशुल्क प्रवेश भएकाले धेरै नेपालीको सहभागीताको अपेक्षा सिस्नोपानीले लिएको कलाकार मनोज गजुरेलले बताउनुभयो । ‘म यो पटक सँग गरेर पाँचौ पटक युएई आएँ, यहीबाट हो हामीले दुई थोपा हाँसोबारे योजना बनाएको । त्यसैले युएईमा रहेका नेपालीहरुको सहयोग पाएका छौं’ गजुरेलले भन्नुभयो । 

नेपाली दूतावास आबुधाबीले पनि कार्यक्रमलाई साथ र सहयोग गरिरहेको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताउनु भयो । आबुधाबीमा आयोजना गरेको पहिलो कार्यक्रममा दूतावासका कार्यवाहक राजदुत सागरप्रसाद फुँयाल, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, तृतीय सचिव नारायण ज्ञवाली, पदमराज बोगटी लगायत झन्डै १ सय दर्शकको उपस्थिती थियो ।

पहिलो चरणमा युएईमा बिहीवारबाट कार्यक्रम लिएर यात्रामा निस्केको हो । युएईपछि ओमान, बहराइन, कार्यक्रम गरेर टोली नेपाल फर्किने कलाकार मनोज गजुरेलले बताउनु भयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस