MENU

मनोरञ्जन

ujyaalo forign call inside

डिभोर्सपछि पहिलो पटक मनोज गजुरेल स्टेजमा (भिडियो)

उमाकान्त पाण्डे/उज्यालो । 

माघ १९ – सम्बन्धविच्छेद भएकाे दुई हप्तापछि हाँस्यकलाकार मनोज गजुरेलले युएईमा प्रस्तुति दिएका छन् । 

सम्बन्धविच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै गजुरेल नेपाली कामदारलाई हँसाउन युएई आएका हुन् । श्रीमतीसँग अलग भएपछि पहिलो पटक आबुधाबीको स्टेजमा देखिएका गजुरेलले दर्शकको माया र सद्भावले सबै पीडा भुलेको प्रतिक्रिया दिनुभयो । 

‘मान्छेको चोला जे हो त्यही होला । म कसैलाई केही भन्दिन । जे भन्नु थियो सामाजिक सन्जालमा आइसके’ मनोजले उज्यालोसँग भन्नुभयो । मनोज र श्रीमती मिना ढकालको गएको पुस ११ सम्बन्धविच्छेद भएको थियो ।

आबुधाबीस्थित अल अहलिया अस्पतालको हलमा मनोज गजुरेलको प्रस्तुति भिडियामा हेर्नुहोस् 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया