MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​गुडिरहेको भ्यानमा अचानक आगलागी भएपछि...

माघ १९ –चीनको साङ्घाई प्रान्तमा गुडिरहेको गाडीमा आगलागीपछि दुर्घटनाग्रस्त हुँदा १७ जना पैदल यात्री घाइते भएका छन् ।

भ्यानका ड्राइभरले चुरोट खाँदा चुरोटबाटै गाडीमा आगलागी भएको चीनको पत्रिका पिपुल्स डेल्ली चाइनाले जनाएको छ । गाडीमा आगलागी भएपछि गाडी अनियन्त्रित भएको थियो । गाडी अनियन्त्रित भई बाटोमा हिँडिरहेका १७ जना पैदल यात्रुलाई ठक्कर दिएको हो ।

घाइते पैदल यात्रुलाई अस्पताल भर्ना गरिएको र घाइते सबैको अवस्था सामान्य रहेको पिपुल्स डेल्ली चाइनाले जनाएको छ । ४० वर्षका चालकले गाडीमा अवैध सामग्री ओसार–पसार गरेको हुनसक्ने आंशका गरिएको छ ।

यो घटना शुक्रबार बिहान भएको थियो । स्थानीय सञ्चारमाध्यमले भ्यानमा ६ जना  यात्रु रहेको जनाएका छन् । चालक कुनै अपराधिक कार्यका संलग्न नरहेको जनाइएको छ । घाइते चालकको पनि अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया