MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

‘पद्मावत’ हेर्दै गर्दा सिनेमा घरमै युवतीको बलात्कार

माघ १९ –हैदरावादको एउटा सिनेमा हलमा बलात्कारको घटना सार्वजनिक भएको छ ।  १९ वर्षीय युवतीले २३ वर्षीय युवकलाई बलात्कारको आरोप लगाएकी छन् ।

प्रहरीका अनुसार पीडित युवतीले प्रशान्त थियटरमा ‘पद्मावत’ चलचित्र हेर्दै गर्दा अभियुक्त युवकले बलात्कार गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यस समय हलमा आसपासको सिट खाली थियो । 

पीडित युवती १२ कक्षामा अध्ययनरत छात्रा हुन् । उनको अभियुक्तसँग फेसबुकमार्फत सामान्य चिनजान भएको थियो । प्रहरीका अनुसार झण्डै २० दिन पहिला सिकंदराबादको एउटा होटेलमा भेटेका थिए ।

त्यस्तै २९ जनवरी २०१८ मा अभियुक्तले पीडित युवतीलाई एउटा होटेलमा बोलाएको प्रहरीले जनाएको छ । केही समयपछि उनीहरु प्रशान्त थियटरमा ‘पद्मावत’ हेर्न गएका थिए । जहाँ युवतीले आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । 

युवतीको उजुरीपछि अभियुक्तलाई प्रहरीले ३१ जनवरीमा गिरफ्तार गरेको छ । उनलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया