MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

निर्वासनमा रहेका नशीद राष्ट्रपतिको उम्मेदवार बन्ने

माघ १९ –निर्वासनमा रहनुभएका मालदिभ्सका प्रतिपक्षी दलका नेता मोहम्मद नशीद आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । 

कोलोम्बोमा निर्वासित जीवन बिताइरहनुभएका नेता नशीदमाथि लागेको फौजदारी अभियोगलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक उद्देश्यबाट प्रेरित भन्दै बिहीबार उल्टाइदिएपछि उहाँले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो । 

‘म प्रतिस्पर्धा गर्नसक्छु र पतिस्पर्धामा उत्रिनेछु’, मालदिभ्सको प्रजातान्त्रिक निर्वाचनबाट निर्वाचित पहिलो राष्ट्रपतिले एएफपीसँगको कुराकानीमा बताउनुभयो । ‘हामीले निर्वाचनलाई समावेशी, स्वच्छ तथा निश्पक्ष बनाउनका लागि पूर्ण अन्तर्राष्ट्रिय पर्यवेक्षणका उचित कार्यक्रमसहित उचित कार्यक्रम ल्याउनुपर्छ’, नसीदले भन्नुभयो । 

नशीदलाई सन् २०१५ को विवादास्पद निर्णयमार्फत दोषी ठहराउँदै कुनै पनि निर्वाचनमा सहभागी हुन पाउने अधिकारबाट बञ्चित गरिएको छ । उहाँमाथि राजनीतिक उद्देश्यबाट अभिप्रेरित भई आतङ्कवादलाई सघाएको आरोप लगाइएको थियो । तर उक्त निर्णयको देशभित्र तथा बाहिरसमेत सर्वत्र आलोचना गरिएको थियो । 

नशीदले सरकारलाई अदालतको पछिल्लो निर्णयको सम्मान गर्दै सरकारको आलोचना गरेका आरोपमा जेल पठाइएका नौ प्रतिपक्षी नेतालाई जेलबाट तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ । 

सर्वोच्च अदालतको बिहीबारको आदेशपछि प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरूले निर्णयकाृ पक्षमा सडकमा खुशीयाली मनाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ता र प्रहरीबीच शुक्रबार केही स्थानमा झडपसमेत भएका छन् । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया