MENU

अर्थ

ujyaalo forign call inside

रसुवागढीमा सुख्खा बन्दगाह निर्माण सुरु गरिने

रसुवा, माघ २० –चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा केही समयभित्रै सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ ।

 

रसुवागढीदेखि दुई किलोमिटर दूरीमा रहेको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत भएर प्रक्रिया अघि बढेको छ । सुख्खा बन्दरगाह निर्माण हुन लागेको क्षेत्रको अवलोकनका लागि शुक्रबार रसुवा आएका वाणिज्यमन्त्री मिन विश्वकर्माले चिनियाँ पक्षसँग यसअघि भएको सम्झौता अनुसार नै बन्दरगाह निर्माण हुने बताउनुभयो । 

पहिले सम्झौता भएको भन्दा बढी पूर्वाधार निर्माण गर्नुपर्ने देखिएपछि चिनियाँ पक्षसँग छलफलको क्रम लम्बिएपछि निर्माण कार्य ढिलो सुरु हुन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले भएको सम्झौता अनुसार पूर्वाधार नपुग्ने देखियो । पछि केही थप पूर्वाधार पनि निर्माण गर्नुपर्ने आवश्यकता देखिएको विषयमा छलफल गर्दा अर्को सम्झौता गर्नुपर्ने बतायो । यसकारण पहिले कै सम्झौता अनुसार कार्य अगाडि बढाउन लागेका छौँ ।’

नेपाल र चीनबीच भएको सम्झौता अनुसार चिनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ८ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहनेछ । त्यसमा प्रशासनिक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने छन् ।

३ सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने छ । ७५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने बताइएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस