MENU

समाज

Ncell Axiata

ट्रेकिङले जुराएको जोडी

ओखलढुंगा, माघ २०– ७ वर्षअघि अस्ट्रेलियाकी सोनिया डेविट्सन पर्यटक भिसामा पहिलो पटक नेपाल आएकी थिइन् । 

पहिलो पटक नेपाल आउँदादेखि नै उनीलगायत उनका साथीहरुलाई घुमाउने जिम्मा ओखढुंगाको मोलुङ गाउँपालिका–३, हर्कपुरका अशोक फुयालको काँधमा पर्यो । त्यसपछि पहिलो पटक उनले सोनियालगायतका टोलीलाई अन्नपूर्ण बेसक्याम्प लगे । 

नेपाल घुम्न आएकी सोनियालाई नेपाल मात्रै होइन उनलाई घुमाउने अशोक पनि खुब मन पर्न थाल्यो । त्यसपछि उनले नै अशोकलाई बिहेको प्रस्ताव राखिन् । अशोकले पनि उनको प्रस्ताव स्वीकार गरे ।

सँगसँगै घुमाई र माया प्रेमपछि अहिले उनीहरु कानुुनी रुपमै पति पत्नी भैसकेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यलयमा गएर उनीहरुले बिहे दर्ता गराए ।  अस्ट्रेलियामा नर्स पेशामा आवद्ध सोनिया अहिले ३४ वर्षकी छन् ।

यी त एक प्रतिनिधी पात्र मात्र हुन् । ट्रेकिङ व्यवसायमा लागेका थुप्रै युवाहरु विदेशी किशोरीको आँखामा पर्ने गरेका छन् । मोलुङ गाउँपालिका –३, मा मात्रै ट्रेकिङ व्यवसायमा लागेका धेरै नेपाली युवाले विदेशी महिलाँंग विवाह गरेका छन् । हर्कपुरका चित्र फुयाँल र हिराबहादुर सुनुवारले पनि यसअघि पर्यटकको रुपमा आएका विदेशी महिलासँग ट्रेकिङकै क्रममा विवाह गरिसकेका छन् । ।

लामो समयदेखि सँगै हिड्ने, कठिन अवस्थामा सहयोग हुने कारणले मायाप्रेम बस्ने अशोकले अनुभव सुनाए । यसरी विदेशी महिला तथा पुरुषसँग विवाह गर्नेमा ओखलढुंगा, सोलुखुम्बु लगायत क्षेत्रमा ट्रेकिङ व्यवसायमा लागेका हिमाली क्षेत्रका युवायुवतीहरु बढी छन् 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया