MENU

अर्थ

ujyaalo forign call inside

​अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार

प्रेमनारायण आचार्य/उज्यालो ।

अर्घाखाँची, माघ २० –‘अर्घाखाँची जिल्लाको समग्र विकासको आधार, कृषि, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापार’ भन्ने मुख्य नाराका साथ सुरु भएको तेस्रो अर्घाखाँची महोत्सवमा १२ करोड बराबरको कारोबार भएको छ ।

जिल्लामा रहेका पुराना प्राकृतिक सम्पदाहरुको विकास र संरक्षण गर्ने उद्देश्यसहित जिल्लाको मुख्य आधार कृषि, पर्यटन भएकाले कृषि र पर्यटनको विकास गर्न महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा रहेका स्टल, टिकट, वाल उद्यान , पिंङ तथा मौतका कुवा तथा होटलहरुमा भएको सबै कारोवार हेर्दा १२ करोडको कारोबार भैसकेको उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनु भयो । महोत्सव २३ गतेसम्म चल्ने र १६ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु बद्री पंगेनी, कमल सौराग, रामजी खाँड, ज्योति मगर, कृष्ण सापकोटा, रमेशराज भटराइ, मधु सुदन बन्जाडे, रुपक डोटेल, सम्झना लामिछाने मगर, सुनितामी परियार, हास्य कलाकार राजा राजेन्द्र पोख्रेललगायतको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।

महोत्सवको उद्घाटन गर्दै अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका सासंद तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले जिल्लालाई विकास निमार्णमा टेवा पुर्‍याउन महोत्सव प्रभावकारी हुने बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया