MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

सिरियाको इद्लिबमा रुसी विमानमाथि आक्रमण

माघ २१ – सिरियामा विद्रोहीको नियन्त्रणमा रहेको इद्लिबमा रुसी विमानमाथि आक्रमण भएको छ । आक्रमण पछि रुसको एक जंगी विमान जमिनमा खसेको बीबीसीले जनाएको छ । विमानका चालकको  समेत ज्यान गएको छ ।

रुसी मन्त्रालयले विमानमा आक्रमण भएपछि चालक हामफाले पनि बाँच्न सफल नभएको जनाएको छ । विमान कसले खसाल्यो भन्ने बारे केही खुलेको छैन । रुसले सिरियामा  रहेका विद्रोही समूहलाई त्यहाँको सरकारसँग मिलेर कारबारही अभियान चलाउँदै आएको छ ।

रुसको सहयोगमा सिरियाले विद्रोही विरुद्धको कारबाहीलाई समेत तिब्र  पारेको छ । सिरियाको इद्लिबमा भइरहेको युद्धका कारण एक लाख मानिस  विस्थापित भइसकेका राष्ट्रसंघले जनाएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया