MENU

विज्ञान प्रविधि

Ncell Axiata

नेटवर्क खोज्दै डाँडामा जानुपर्ने बाध्यता

सुजता सुनुवार/उज्यालो ।

इलाम, माघ २१ – इलामको रोङ्ग गाउँपालिकाको साविक जिर्मले गाविसमा टावर निर्माण भएको एक वर्ष बित्दा पनि प्रयोग विहिन छ  । टावर भएपनि सञ्चालनमा नआएकाले नेटवर्क खोज्दै हिड्नुपर्ने स्थानीयको समस्या रहेको छ ।

टावर निर्माण हुँदै गर्दा खुशीले हर्षित भएका स्थानीय बासिन्दा विगत जस्तै अहिले पनि नेटवर्क खोज्दै हिड्नुपर्ने बाध्यता उस्तै रहेकोे स्थानीय बासिन्दाको गुनासो छ । नेपाल टेलिकमले पूर्वी  इलाम र उत्तरी झापालाई केन्द्रित गरेर जिल्लाको रोङ्ग गाउँपालिका वडा नम्बर –६ को काउले डाँडामा एक वर्ष अगाडी नै निमार्ण गरेको बिटिएस टावर अहिलेसम्म पनि सञ्चालनमा नआउँदा गाउँपालिकाका जिर्मले, इरौटारलगायतका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित हुँदै आएका छन् । 

प्रविधिले विश्वलाई सागुरो बनाए पनि रोङ्ग गाउँपालिकाका नागरिकहरु भने अहिलेसम्म सामान्य टेलिफोनको सेवाबाटसमेत वञ्चित  हुनु परेको छ । टावर निमार्ण गरेको करिब दुई किलोमिटरको आसपाससम्म भने विद्युत विस्तार भएको छ । सो टावरको जिम्मा वावे चाइनीज कम्पनीले  लिएकाले टेलिकमको क्षेत्राधिकारभित्र नपर्ने नेपाल टेलिकम कार्यालय इलामका इन्जिनीयर ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो  । 

उहाँले भन्नुभयो ‘यसकारणले पनि टावर सञ्चालनका लागी कार्यालयले काम गर्न सकिरहेको छैन ।’ टेलिकमको सेवा नभएकाले रोङ्ग गाउँपालिकाका अधिकांश नागरिकले अझै पनि भारतीय कम्पनीबाट टेलिफोन सेवा लिइरहनु परेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया