MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

बाँकेको खजूरामा हावाबाट विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन

बाँके, माघ २१ – बाँकेको खजूरास्थित क्षेत्रीय कृषि तालिम केन्द्रको परिसरभित्र हावाबाट बिजुली  उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिँदैछ ।

करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत निकाल्ने सकिने वा नसकिने एकिन हुने जिल्ला समन्वय समिति बाँकेका उर्जा इञ्जिनियर रामबाबु यादवले जानकारी दिनुभयो ।  खजूरामा चार महिनाअघि हावाको गति मापनका लागि ८० मिटर अग्लो टावर जडान गरिएको हो ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापनको कार्य गरिरहेको छ । दुई वर्षको अवधिमा पटक–पटक  अनुगमन गरी हावाको गतिबारे जानकारी लिइने छ । अहिले पनि एकपटक हावाको गतिको बारेमा जानकारी लिइसकिएको इञ्जिनयर यादवले बताउनुभयो ।

हावाको गति मापनका लागि पंखासहितको टावरमा सफ्टवेयर राखिएको छ । ‘दुई वर्षसम्म प्राप्त हुने तथ्यांकका आधारमा हावाबाट विद्युत निकाल्न सकिने वा नसकिने भन्ने एकिन हुन्छ’, जिल्ला समन्वय समितिका उर्जा इञ्जिनियर यादवले भन्नुभयो, ‘तराईका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत उत्पादनका लागि अध्ययन थालिएको हो ।

हाल सम्भाव्यता अध्ययनका लागि  खजूरा कृषि तालिम केन्द्रमा टावर जडान गरिएको भए पनि विद्युत उत्पादन भने आसपासको दुई किलो क्षेत्रभित्रबाट गर्न सकिने यादवले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया