MENU

मनोरञ्जन

ujyaalo forign call inside

कोठा फोहोर पार्न माहिर अदिति बुढाथोकी

काठमाडौं, माघ २१ –आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने बहु प्रतिक्षित सिनेमा हो ‘कृ’ । 

यसै सिनेमामार्फत अभिनेत्री अदिति बुढाथोकीले सिनेमा उद्योगमा डेब्यू गर्दैछिन् । यसअघि केही पञ्जाबी म्युजिक भिडियोमा र केही विज्ञापनहरुमा काम गरिसकेकी अदिती यतिबेला पहिलो सिनेमा ‘कृ’को प्रचार प्रसारमा व्यस्त छिन् । यही सिनेमाको प्रचारप्रसारका क्रममा हामीले उनीसँग उनको किशोरावस्थाका बारेमा  जान्ने प्रयास  गरेका छौँ ।

बाल्यकाल

आमा बाबाले भने अनुसार म सानैबाट एकदमै ज्ञानी बच्चा हो । मैले कहिल्यै पनि बदमासी गरिन रे । मेरो अलिकति समस्या के भने मैले कोठाहरु फोहोर पार्थेँ । त्यसमा भने मैले अलि गाली खान्थेँ । मैले उहाँहरुसँग सानैदेखि सानो समस्याहरु शेयर गर्ने गर्थेँ । हरेक कुरामा म सानैदेखि आमा बाबाहरुसँगै प्रतिक्रियाहरु लिने गर्थेँ । 

किशोर अवस्था

किशोर अवस्थामा पनि मैले केही समस्या भोग्न परेन किनभने आमाबाबा साथी जस्तो हुनुहुन्थ्यो । त्यही भएर पनि मलाई केही शेयर गर्न डर लाग्दैनथ्यो । आमा बाबासँग मेरो राम्रो भएको कारण उहाँहरुले मलाई बुझिदिनुहुन्थ्यो । 

मैले कहिल्यै पनि म यस्तो गर्छु भनेर भन्दा उहाँहरुले नाइ भन्नुभएन । त्यो देखेर पनि होला मैले मेरो ममी बाबाको विरुद्धमा गएर केही गर्न सकिन । किनभने आमाबाबा निकै सपोर्ट गर्न खालको हुनुहुन्छ मेरो । मैले बाबा आमालाई चित्त दुखाउने काम कहिल्यै पनि गरिनँ ।

आफ्नो कुरा हामीले उहाँहरुलाई नरम रुपमा राम्रोसँग भन्न सक्नुपर्छ । किशोरावस्थामा के हुन्छ भने परिवार भन्दा पनि आफ्नो साथीहरु सही होलान् भन्ने हुन्छ । तर त्यो गलत हो । साथीहरुले आमा बुबा भन्दा राम्रो सुझाव त पक्कै पनि दिँदैनन् । 

यो उमेरमा अझ केही समस्या भएर हामीले लुकाउने भन्दा पनि आमा बुबासँग शेयर गर्यो भने राम्रो हुन्छ । 

किशोरावस्थाका साथीहरु 

मेरो किशोरावस्थाको साथीसँग म अझै पनि निकै नजिक छु । मेरो साथीहरु राम्रो थिए । म नराम्रो बाटोमा लागेको नराम्रो बानी बेहोरा भएकोहरुसँग खासै मिल्दिनथे । त्यस्तो खालको साथी बनाउन मलाई पनि मन लाग्दैनथ्यो । त्यो बेला पढ्न जान्ने, राम्रो व्यवहार भएकोहरुलाई साथी बनाउन मन लाग्थ्यो ।

किशोरावस्थामा पढाईमा निकै केन्द्रित हुनुपर्छ जस्तो लाग्छ मलाई । स्नातक तहको पढाई पछि पनि त रमाईलो गर्न सकिन्छ नि । यसको मतलब रमाईलो गर्दै नगर्ने भनेको होईन । रमाइलो पनि गर्ने हो तर त्यसको पनि सिमा हुुनुपर्छ । आफू कुन बाटोमा लागि रहेको छु भनेर हेर्नुपर्छ । यति बेलामा पढाईमा भने निकै ध्यान दिनुपर्छ । साथी भाईसँग मेरो सम्बन्ध राम्रो थियो । झगडा पर्दैनथ्यो । म होमवर्क गर्दा भने उनीहरुलाई मद्दत गर्थेँ । मेरो स्कुलको साथी सग म अझै पनि निकै नजिक छु । किशोरावस्थामा कतिले तपाईलाई अरुको अगाडि नराम्रो बनाउन खोज्छन् । डोमिनेट गर्न खोज्छन् । त्यस्तो साथीबाट टाढा बस्नुपर्छ । व्यवहार राम्रो नभएको साथीबाट पनि टाढै बस्नुपर्छ ।

किशोरावस्था व्यवस्थापन

यो उमेरमा पढाईलाई ध्यान नदिने धेरै जना हुनुुहुन्छ । तर पढाईको निकै महत्व छ । त्यो कुरा भने उनीहरुले बुझिदिनुपर्छ । तपाईँ चाहे जुन सुकै फिल्डमा जानुहोस तपाईसँग डिग्री छ भने, पढाई छ भने तपाईको छुट्टै सम्मान र कदर हुन्छ त्यो फिल्डमा । किशोरावस्थाको बेलामा भने हैन अब किन पढ्ने भनेर नराम्रो पथमा लाग्न सक्ने सम्भावना धेरैको हुन्छ । तर हामीले पढाईलाई महत्व दिनुपर्छ । धेरै जना यो उमेरमा माया प्रेममा पर्नुहुन्छ र पढाईमा खासै ध्यान दिनुहुन्न । त्यही भएर मलाई लाग्छ हामीले त्यो उमेरमा माया प्रेमलाई भन्दा पढाईलाई महत्व दियौँ भने भविष्य राम्रो हुन्छ । 

पढाई  र किचेन

मेरो पढाई राम्रो थियो । त्यो बेलामा कस्तो हुन्थ्यो भने विहान कलेज गयो साँझ ट्युसन पढ्यो । मलाई पढाईसँगै नाटक र क्विजमा प्रतिस्पर्धा गर्न मन लाग्थ्यो । मैले विहान फ्रेस भएर पढ्न बसेको कुरा छिटो टिप्थेँ त्यही कारण विहान उठेर पढ्थेँ । साँझसम्म बसेर पढ्न सक्दिनथेँ । परीक्षाको बेलामा दिउसो पढ्थेँ । पछि फेरि दुई पटकसम्म रिभाइज गर्थेँ । परीक्षा आउनुभन्दा बीस दिन अघि नै म आफ्नो पढाई सकेर बस्थेँ । त्यो बेलामा  किचेनमा खासै काम गर्दिनथेँ । परीक्षा नजिक आउन थालेपछि साथीहरुसँग घुम्न पनि जाँदिनथेँ । त्यही भएर पढाईमा निकै फोकस गर्न पाउँथे । 

मलाई खाना पकाउन खासै आउँदैन । तर, एक दुई महिना अघि पनिर बनाउन सिकेको थिएँ । किनभने म मासु खाँदिन । मलाई पनिर मनपर्छ त्यही भएर सिकेको थिएँ । 

सिनेमा हेर्दा र सिनेमा खेल्दाको अनुभव 

पहिला सिनेमा हेर्दा र सिनेमा खेल्दाको अनुभव निकै रमाइलो हुन्छ । सबै कुरा भने रमाइलो हुँदैन । सूट भन्ने बित्तिकै कुनै बेला निकै व्यस्त भइन्छ । गाह्रो हुन्छ । तर, त्यही भित्र रमाइलो पलहरु पनि धेरै हुन्छन् । हाम्रो पानी पर्ने मौसममा पनि सूट भएको थियो । तयार भयो सूटको लागि अन्त्यमा पानी परेर सूट नै क्यान्सिल हुन्थ्यो । त्यो बेलामा दिनभरी एउटै गाडीमा बस्नुपथ्र्यो त्यो बेलामा अनमोलको फोनमा लुडो हुन्थ्यो त्यही खेल्दै बस्थ्यौँ हामी । त्यही भएर रमाइलो हुन्थ्यो  । हेर्दासँगै खेल्दा पनि रमाइलै भयो ।

अभिनेत्री भएपछिको फरक 

अभिनेता अभिनेत्री भएपछि हामीले कति मान्छे भेट्नुपर्ने हुन्छ त्यो कुरालाई हामीले स्वीकार्नुपर्छ । त्यो बेलामा हामी सधैँ तनावमा भैरह्यौँ भने हामी कुनै ठाउँमा पुग्नै सक्दैनाैँ । हामीले स्वीकार्न सक्नुपर्छ । सूटको बेलामा त जस्तो सुकै मुडमा भए पनि तपाई आफ्नो क्यारेक्टर मै बस्न सक्नुपर्छ । त्यो कुरा हामीले दिमागमा पहिल्यैबाट सोच्नुपर्छ । त्यो भयो भने अभिनेत्रीको रुपमा हामीलाई सहज हुन्छ ।

वास्तविक जीवनमा भने धेरै तनाव हुन्छ । तर, म सकारात्मक सोच राख्ने मान्छे हो । जे कुरालाई पनि सकारात्मक रुपमा लिन्छु । त्यो भएर पनि सजिलो हुन्छ ।  सकारात्मक सोच र इनर्जी पाउनको लागि हामीले विहान बाटै सकारात्मक सोच राखेर उठ्यौँ भने हाम्रो पुरै दिन राम्रो हुन्छ । सकारात्मक सोच राख्न मेडिटेशनले पनि धेरै मद्दत गर्छ जस्तो लाग्छ । कामको कारण समय व्यवस्थापन गर्न गाह्रो हुन्छ तर समय व्यवस्थापन गर्न सक्नुपर्छ ।

पढाई नसकी नआउनुस्

यो क्षेत्रमा आउन रुचि हुनेलाई भने म पढाई नसकी मिडिया क्षेत्रमा नआउन सुझाब दिन्छु । यो क्षेत्रमा आएपछि कति मान्छेले तिमी एक्टर बन्न सक्दैनौ भनेर कमजोरी देखाउँछन् तर तपाईँहरुले आफ्नो तर्फबाट कोशिश गर्न भने नछोड्नुस भन्न चाहन्छु । 

फ्यान फलोअर्सलाई सल्लाह 

मेरो फ्यान फलोअर्सलाई म के सल्लाह दिन चाहन्छु भने किशोरावस्थामा बच्चा दिमाग हुन्छ । कतिलाई म लभमा छु भन्ने होला । कसैलाई ला ! मेरो विवाह गर्ने बेला भयो भन्ने होला । तर यो उमेर भनेको पढाईमा निकै ध्यान दिनुपर्न समय हो । आफूलाई केही समस्या छ भने साथी भाई आमा बुबा सँग सेयर गर्नु । साथी छनोटमा गर्दा पनि को सँग सङ्गत गर्दा राम्रो हुन्छ  त्यसमा ध्यान दिनु । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया