MENU

मनोरञ्जन

Ncell Axiata

चलचित्रकाे नाम राख्दा १० हजार पुरस्कार

काठमाडाैं, माघ २१ - सुब्रतराज आचार्यको दोस्रो निर्देशन रहेको चलचित्र ‘सुश्री सम्पत्ति’को आधिकारिक घोषणा गरिएको छ । आइतबार पुरानो बानेश्वरको अर्गानिक चुलोमा कार्यक्रमको आयोजना गर्दै चलचित्रकोे आधिकारिक घोषणा गरिएको हो । 

चलचित्रमा सलोन बस्नेत, सारा श्रीपाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल,  जयनन्द लामा, बिसारद बस्नेत, सुनीता श्रेष्ठ ठाकुर,  प्रेमवर्षा खड्का, रोशनी कार्की, रन्जित कोइराला,  विनोद पौडेल र सन्तोष खनालको मुख्य भूमिका रहनेछ । चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको पनि विशेष भूमिका रहने निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । 

चलचित्रको नामाकरणको प्रसंग निकै रमाइलो छ । पत्रकार कृष्ण भट्टराईले चलचित्रको नाम जुराइदिएका हुन् । सुरुमा उनले चलचित्रकोे विषयवस्तु अनुसारको नाम ‘श्री सम्पत्ति’ राखिदिएका थिए । तर ‘श्री सम्पत्ती’लाई अलि फरक बनाउने भन्दै क्रियटिभ हेड जया शर्माले यसको अगाडी ‘सु’ थपिदिइन् र सिनेमाको नाम ‘सुश्री सम्पत्ति’ बन्न पुग्यो । सुरुमा नाम जुराएवापत कृष्णले १० हजार पुरस्कार पनि पाएका थिए ।

फागुन १५ गतेदेखि फ्लोरमा जाने यस चलचित्रको अधिकांश छायांकन पोखरामा गरिने भएको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सुरेश अधिकारीको संगीत,  राजन इशानको ब्याकग्राउण्ड स्कोर, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहनेछ । चलचित्रलाई  विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरिरहेका हुन् । राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रका प्रस्तुतकर्ता भने रमेश त्वयना हुन् ।

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया