MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

युद्धक विमान खसालेपछिको आक्रमणमा तीस लडाकू मारिए

 

मस्को, माघ २१ - रुसका लडाकू विमानहरुले आक्रमण गर्दा सिरियामा शनिबार कम्तीमा पनि ३० जना विद्रोही लडाकू मारिएका छन् ।

 

सिरियाको उत्तरपश्चिमी क्षेत्र इडलिबमा भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको रुसको रक्षा मन्त्रालयले शनिबार राति जारी गरेर विज्ञप्तिमा जनाइएको छ । 

त्यस क्षेत्रमा रुसका उच्च क्षमताका हतियारहरु भएका रुसी लडाकू विमानले नै निरन्तर रुपमा आक्रमण गरेको बताइएको थियो । 

“ती आक्रमणमा परि सिरियाको विद्रोही समूह जाभात अल नुसराका ३० भन्दा बढी लडाकू मारिएका छन्,” उक्त वक्तव्यमा जनाइएको छ ।

सिरियाली उक्त विद्रोही समूहले सिरियाको इडलिब क्षेत्रमा रुसको एक युद्धक विमानमा हमला गरेर शनिबार खसालिदिएका थिए । 

उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो । 

सो विमान खसालेपछि आक्रामक भएको रुसी सेनाले सो आक्रमण गरेको हो । आक्रमण रुसी सेनाले नै गरेको र त्यसमा परी ३० भन्दा बढी लडाकू मारिएको अधिकारवादीहरुले पनि जनाएका छन् । रासस/सिन्ह्वा

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया