MENU

बातावरण-कृषि

Ncell Axiata

​माैसम : पश्चिमका केही ठाउँमा आज पानी पर्ने

काठमाडौं, माघ २२ – आज पश्चिमी भेगका केही ठाउँमा अलिअलि पानी पर्ने र केही ठाउँमा हल्का हिमपात हुने मौसमविद्ले अनुमान गरेका छन् ।

रातिदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएकाले आज पश्चिमको एक दुई ठाउँमा हल्का पानी पर्नुका साथै केही ठाउँमा हल्का हिमपात हुने संभावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले आज देशभरीकै मौसम आशिंक बदली हुनेछ । पश्चिममा भोलिसम्म नै यसको प्रभाव देखिएपनि अरु ठाउँमा भने बेलुकीदेखि मौसम सफा हुने उहाँको अनुमान छ ।

बिहान ४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको दिउँसोको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया