MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

उत्तर कोरियाले वार्ताका लागि किमलाई दक्षिण कोरिया पठायो

माघ २२ – उत्तर कोरियाले ४ वर्षपछि  उच्च अधिकारी किम योङ नमलाई ओलम्पिकको वार्ताका लागि दक्षिण कोरिया पठाएको छ ।

किमले दक्षिण कोरियामा शुक्रबार हुने २२ सदस्यीय वार्ता टोलीको नेतृत्व गर्नेे दक्षिण कोरियाले जनाएको छ । ओलम्पिकको उद्घाटन सत्रमा दुई कोरियाका एथलेट्स खेलाडी एउटै झण्डा लिएर मैदानमा उत्रिने बताइएको छ ।

अन्तराष्ट्रिय नाकाबन्दी पछि उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्तालाई कुटनीतिक रुपमा अगाडी बढाइरहेको जनाइएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको कदमले दुई देशको सम्बन्ध सुधारमा थप सहयोग मिलेको जनाएको छ ।

किमले ३ जना अधिकारी र १८ जना सहयोगीसहित वार्ताको नेतृत्व गर्दैछन् । किम शुक्रबार प्योङयाङमा हुने ओलम्पिक उद्घाटनमा बस्छन वा बस्दैनन् भन्ने कुनै जानकारी नभएको जनाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया