MENU

मनोरञ्जन

ujyaalo forign call inside

​जब अनिल कपुरको पसलबाट राजकुमार रावले प्याड किने (भिडियोसहित)

माघ, २२ – बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘प्याडम्यान’को प्रचारमा बलिउडका धेरै कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैमा अभिनेता अनिल कपुर र राजकुमार रावले पनि नयाँ ढंगबाट यस चलचित्रकोे प्रचारमा सहयोग गरेका छन् । 

कपुर र रावले एउटा भिडियो सर्वजनिक गरेका छन् । जहाँ अनिल पसलेको भूमिकामा छन् भने राजकुमार ग्राहक बनेर स्यानिटरी प्याड किन्न आउँछन । भिडियोमा पुरुष भएर पनि कुनै अप्ठ्यारो नमानी राजकुमारले महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड किनेको देख्दा अनिलले उनको प्रशंसा गर्छन् । यसरी सबै पुरुषले खुलेर महिलाको लागि प्याड किनेर दिए महिलाको जीवन धेरै सजिलो हुने सन्देशका साथ उनीहरुले फिल्मको प्रचार गरेका छन् । 

यसैगरी आलिया भट्टले पनि जिमखानामा व्यायाम गरिरहेको बेला हातमा प्याड समातेर झुण्डिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । 



दिपिका पादुकोणले पनि इन्स्ट्राग्राममार्फत सानो भिडियो क्लीप सार्वजनिक गर्दै प्याडम्यानको प्रचार गरेकी छिन् । दिपिका अभिनित चलचित्र ‘पद्मावत’ले अहिले राम्रो व्यापार गरिरहेको छ । २५ जनवरीदेखि प्रदर्शनमा आएको चलचित्र ‘पद्मावत’सँग ‘प्याडम्यान’को प्रदर्शन मिति जुधेपछि ‘पद्मावत’ का निर्देशक संजयलिला भन्सालीको आग्रहमा अक्षय कुमारले ‘प्याडम्यान’को प्रदर्शन मिति फेब्रुअरी ९ मा सारेका थिए । 

माधुरी दिक्षितले पनि यसैगरी आफ्नो इन्स्ट्राग्राममार्फत प्याड समातेको फोटो सार्वजनिक गरेकी छिन् । 



आयुष्मान खुराना, हुमा कुरेसी, आमिर खान, अर्जुन कपुरलगायत अन्य कलाकारहरुले पनि स्यानिटरी प्याडका साथ फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 

महिलाहरु महिनावारी हुनु भनेको प्राकृतिक कुरा हो, यसबारेमा लजाउनु वा डराउनु भन्दा पनि खुलेर कुरा गर्न कलाकारहरुले जनचेतना फैलाइरहेका छन् ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया