MENU

मनोरञ्जन

ujyaalo forign call inside

सेकेण्ड लेफ्टिनेन्ट बन्नुपर्ने स्वेताको सिनेमा प्रवेश

काठमाडौं, माघ २२ – अभिनेत्री, निर्मात्री तथा व्यवसायी स्वेता खड्काको आज ३० औँ जन्मदिन परेको छ । 

उनको जन्मदिनमा उनलाई फोन, म्यासेज र सामाजिक सञ्जालबाट जन्मदिनको शुभकामना दिनेहरुको ओइरो लागेको छ । आजभन्दा ३० वर्षअघि पनौती नगरपालिका वडा नम्बर १२ मा बुवा कृष्णबहादुर खड्का र आमागोमा खड्काको घरमा जन्म लिएकी स्वेताले बाल्यकाल पनि त्यहीँ बिताइन् । आफ्नो बाल्यकाल निकै रमाइलो र अविष्मरणीय रहेको स्वेता बताउँछिन् । बाल्यकालमा उनी कहिले टिमको लिडर बन्थिन् त कहिले लजाएर पछि हट्थिन् । 

उनलाई धेरै खेल्नुपर्थ्यो । उनीसँग भाडाकुटी र डलहरु अरुको तुलनामा धेरै हुन्थ्यो ।  बाल्यकालदेखि नै उनी घरमा सबैभन्दप्यारी थिइन् । परिवारको मन पर्ने सदस्य नै उनी थिइन् । अहिले पनि त्यस्तै छ । उनी सबैको प्रिय छिन् । आफू सबैको प्रिय हुनुको कारण आफैलाई पनि थाहा नभएको स्वेता बताउँछिन् । बाल्यकालदेखि नै ज्ञानी उनको अरुले भनेको कुरा काट्न नसक्ने बानी छ ।

शिक्षक,  छिमेकीकी प्यारी 

पढाईमा मध्यम स्वेता स्कुलमा शिक्षकहरुको समेत प्रिय थिइन् । बाल्यकालमा मामाघर धेरै जाने बानीका कारण उनको पढाई छुट्थ्यो । यसका अलावा उनी आमा बाहिर गएको बेलामा सँगै जाने गर्थिन्  जसले उनी गयल हुन्थिन् । यसै कारण उनलाई  शिक्षकहरुले अध्ययनमा मेहनत गर्न र गयलन हुन सुझाव दिन्थे ।

स्वेतालाई  नर्सरी र एलकेजी पढ्दा शिक्षकहरुले बोकेरै घरमा पुर्याउने गर्थे । यो जीवनको निकै मीठो पल भएको स्वेता बताउँछिन् । संस्कारी र लजालु स्वभावकी भएका कारण छिमेकीले पनि उनलाई माया गर्थे । सबैले मन पराउँथे । सबैको माया पाउने भएकै कारण आफ्नो स्वभाव अलि जिद्दी र घमण्डी भएको उनी बताउँछिन् । 


आत्मनिर्भर हुने सोच

राम्रोसँग पढाई नसकी दिदीहरुको विवाह भएको देख्दा उनलाई भने केही गर्नुपर्छ  भन्ने सोच पलाउँथ्यो । उनी यही सोचका साथ अघि बढिन् पनि । प्राय युवतीहरुलाई छिट्टै विवाह गरेर पठाइदिने ठाउँमा हुर्केकी स्वेताले एसएलसी दिने  समयदेखि नै विवाह नगरी केही बन्ने सपना देख्थिन् । आत्मनिर्भर भएर आमाबुवाको सहयोग गर्ने हिसाबले अगाडि बढेकी स्वेताले १७ वर्षको उमेरमा जागिर खान थािलन् ।

त्यो उमेरमा स्वेता सफल व्यक्तिहरुको बायोग्राफीहरु पढेर अघि बढ्ने बाटो खोज्थिन् ।उनले साथै उमेरमा धेरै लगानी गरेर व्यवसाय शुरु गरिन् ।उनको यो कदमले उनको परिवार डराएको थियो । तर उनलाई व्यापारमा सफलता मिल्यो । त्यो उमेरमा साथीहरुले विदेश जान सल्लाह दिँदा उनी नेपालमै केही गरेर पछि घुम्न जाने कुरा गर्थिन् । उनको यो सपना र कुरा अहिले पूरा पनि भएको छ । अहिले स्वेता चाहेको खण्डमा जुनसुकै देश जान सक्छिन् । 

सिनेमा प्रवेश

उनका बुवा आर्मी भएका कारण उनलाई उनका बुवाले आर्मी बनाउने सपना देखेका थिए । उनले  सेकेण्ड लेफ्टिनेन्टको लागि निकै मेहनत पनि गरेकी थिइन् । तर त्यसै समयमा उनको प्रवेश सिनेमामा हुन पुग्यो । एसएलसी दिएदेखि नै  काम गर्न थालेकी स्वेताले स्कुटर पनि चलाउँथिन् ।

यसै क्रममा उनलाई ब्याक पेन हुन थाल्यो । जसले गर्दा डाक्टरले उनलाई शारीरिक व्यायाम गर्न सुझाव दिए । यसै क्रममा उनले डान्स पनि हुन्छ एक्सरसाइज पनि हुन्छ भन्ने सोचेर ‘नेशनल सेन्टर अफ् डान्स’ उनले ज्वाइन गरिन् । यही नृत्य सिक्ने  क्रममा उनलाई सिनेमाको अफर आएको थियो । 

विद्यालयस्तरदेखि नै नृत्य गर्न ेस्वेताले सिनेमाको अफरलाई अस्वीकार गरिनन् ।  २०६६ सालमा सिनेमा ‘कहाँ भेटिएला’ मार्फत उनले अभिनयमा डेब्यू गरिन् । यो सिनेमापछि  स्वेतालाई धेरै सिनेमाको अफर आउन थाल्यो । तर उनको मुख्य पेशा व्यापार भएका कारण उनले सिनेमालाई त्यति धेरै समय दिइनन् । 

दर्शकको मायालाई मध्यनजर गर्दै उनले वर्षमा एउटा सिनेमा खेल्ने गरेको बताइन् ।‘कहाँ भेटिएला’ पछि उनले हाँसीदेऊ एकफेर, श्रीमान् श्रीमती र कोहीनुरमा काम गरिन् । यी सिनेमामध्ये उनको अभिनय रहेको सिनेमा ‘कोहीनुर’ हिट बन्यो । दिवंगत श्रीमान् श्रीकृष्णको आग्रहमा उनले ‘कोहिनुर’मा लगानी गरेको पनि बताइन् । 

अहिले उनले यसै कामलाई निरन्तरता दिएर सिनेमा ‘कान्छी’ निर्माण गरेकी छिन् । यतिबेला उनी आफ्नै निर्माण रहेको सिनेमा ‘कान्छी’को प्रचारप्रसारमा जुटेकी छिन् । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया