MENU

विज्ञान प्रविधि

​पूर्वमन्त्री शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन

काठमाडौं, माघ २२ – पूर्व विज्ञानमन्त्री गणेश शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन भएको छ । 

दुई देशको विज्ञानसम्बन्धी ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले सोमबार काठमाडौंको कमलपोखरीस्थित रुसी विज्ञान तथा संस्कृति केन्द्र अर्थात रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा शाहको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन भएको हो । 

शाह २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा विज्ञानमन्त्री हुनुहुन्थ्यो । यसै वर्ष शाह अध्यक्ष रहेको नेकपा संयुक्त र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । समाजको उपाध्यक्षमा डा. चिरञ्जीवी रेग्मी र महासचिवमा सुरेश भट्टराई चयन हुनु भएको छ । यस्तै सदस्यमा सुशीला उप्रेती, डा. ज्योति गिरी, डा. अमिता तुलाधर र डा. किशोर राजवंशी चुनिनुभएको छ । 

कार्यक्रममा पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता शाहले नेपाल र रुसको सम्बन्धलाई बलियो बनाउँदै विज्ञानसम्बन्धी काम बृहत् रुपमा अगाडि बढाइने बताउनुभयो । 

रुसी विज्ञान तथा संस्कृति केन्द्रका निर्देशक स्टानिस्लाभ सिमाकोभले दुई देशको विज्ञानको प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया