MENU

मनोरञ्जन

ujyaalo forign call inside

​मिशन : इम्पोसिबल–फलआउटको ट्रेलर सार्वजनिक, हेर्नुहोस टम क्रुजको एक्शन

‘मिशन इम्पोसिबल’ सीरीजको छैठौं फिल्म ‘मिशन : इम्पोसिबल–फलआउट’ को ट्रेलर सार्वजनिक भइसकेको छ ।

यस ट्रेलरमा पनि एक्शनका साथ टम क्रुज दर्शक माझ आएका छन् । फिल्ममा क्रुज फेरि पनि एक मिशनमा छन् ।

सोही मिशनका लागि उनी मोटरसाइकलदेखि हेलिकप्टरबाट एक्शन गरिरहेका छन् । र, कहिले पहाड चढिरहेका छन्, त कहिले आकाशमा उडिरहेका छन् । यही फिल्मको छायांकनका क्रममा टम क्रुज दुर्घटनामा समेत परेका थिए ।

फिल्मको ट्रेलरमा पचास वर्षीया क्रुजको एक्शन हेर्दा दर्शक तथा उनका प्रशंसकलाई निकै उत्साहित बनाइदिएको छ । 
 
क्रिस्टोफर म्याकवेरीको निर्देशनमा बनेको फिल्म ‘मिशन : इमपोसिबल–फलआउट’ २०१८ को जुलाई २७ मा रिलिज हुँदैछ । मिशन इमपोसिबल सिरिजको रियलडी थ्रीडीमा प्रदर्शन हुने यो पहिलो फिल्म हो ।

टम क्रुजसँगै यस फिल्ममा हेनरी क्याविल, साइमन पेग, रेबिका फेर्गुसन, विंग रेम्स, मिशेल मोनाघन, सिन ह्यारीस, वेनेस्सा किर्बी, एन्जेला बस्सेट, एलेक बाल्डविनलगायतको अभिनय तथा एक्शन रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया