MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

उपचारका लागि अस्पताल लगिएका आतंकवादी भगाउन प्रहरीको गोली हानी हत्या

माघ २३ – भारत प्रशासित जम्मू कश्मीरको श्रीनगरको मंगलबार एउटा अस्पतालमा आतंकवादी आक्रमण हुँदा एक जना सुरक्षाकर्मीको ज्यान गएको छ । 

जम्मू कश्मीर प्रहरीका डिआईजी गुलम हसन बटले स्थानीय पत्रकारलाई जनाए अनुसार श्रीनगरमा रहेको एसएमएचएम अस्पतालमा प्रहरीले एक जना पाकिस्तानी आतंकवादीलाई उपचारका लागि ल्याएको थियो । त्यसै समयमा आतंकवादीहरुले प्रहरीमाथि आक्रमण गरेको डीआईजी बटले बताएको बीबीसीले जनाएको छ । 

कश्मीर प्रहरीका अनुसार हिरासतमा रहेका चरमपन्थी हमलाका बेलामा फरार भएका छन् । फरार चरमपन्थी नावेद जाट गरेका व्यक्तिलाई गएको वर्ष दक्षिणी कश्मीरको शोपियामा पक्राउ गरिएको थियो । 

यस घटनापछि श्रीनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया