MENU

मनोरञ्जन

ujyaalo forign call inside

मैले केटी पाएँ : सलमान खान

माघ २३ – बलिउडका सबैभन्दा ‘एलिजिबल ब्याचलर्स’ मा नम्बर एकमा रहेका सलमान खानले केटी पाएका छन् ।

यो मिडियामा आएको कुरा होइन, उनी आफैले भनेका हुन् । मंगलबार दिउँसो सलमान आफैले ट्वीट गर्दै एक लाइन लेखेका छन्, ‘मुझे लड्की मिल गई’ अर्थात ‘मैले केटी पाएँ’ ।
सलमान खानको एक लाइनको ट्वीटले सामाजिक सञ्जालमा तरंग पैदा गरिदिएको छ । कतिपयले सलमानलाई बधाई दिएका छन् भने कतिले अहिले आएको मौका नगुमाउन उनलाई सुझाव दिएका छन् ।

 

अखिर सलमानका प्रशंसकको मनमा एउटा प्रश्न उब्जेको छ, के साँच्चै सलमानले विवाह गर्दैछन् ? अचानक उनले ट्वीटरमा उल्लेख गरेको केटी को हो त ?

विवेकानन्द सिंहले सल्लाह दिएका छन्, ‘भाइ यसपल्ट मौका नगुमाउनुस् ।’ त्यस्तै आरहान लेख्छन्, ‘बधाई छ भाइ, छिटो विवाह गर्नु अनि विवाहको निम्तो दिनु ।’
उस्मान बाशाले सोधेकी छिन्, ‘हाम्री भाउजू को हो दाइ ?’

केही रोचक ट्वीट पनि छन् । सागर लेख्छन्, ‘प्रेम रतन गर्ल पायो ।’ अमित नाम गरेका अर्का प्रशंसक लेख्छन्, ‘मेरो लागि पनि खोजिदेउ न भाइ ।’ कतिपयले यसलाई ठट्टाको रुपमा पनि लिएका छन् ।

हर्षित मेहता लेख्छन्, ‘कृपया, यस चुटकिलालाई विस्तारै बुझ्ने छन् ।’ त्यस्तै संबित सोध्छन्, ‘विवाहका लागि कि कन्यादानका लागि ?’ अर्का व्यक्ति लेख्छन्, ‘यस्तो सस्पेन्स त कटप्पाले बाहुबलीलाई किन मारे भन्नेमा पनि थिएन जति भाइको ट्वीटमा छ ।’

हरेक अन्तर्वार्तामा सलमान खानसँग विवाह कहिले गर्ने भनेर सोध्ने गरिएको छ । उनका प्रशंसकमा पनि यही प्रश्न रहेको हुन्छ । 

सलमानको ट्वीटरले तरह–तरहका तरंग पैदा गरे पनि  आधा घण्टा अघि सलमानले अर्को ट्वीट गर्दै खुलासा गरेका छन् उनले विवाहका लागि नभएर आयुष शर्माको चलचित्र ‘लभरात्री’ लागि वरिना नाम गरेकी अभिनेत्री भेटेको स्पष्ट पारेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया