MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए ७.०

काठमाडौं, माघ २३ – सामसङ नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याब ए नेपाली बजारमा प्रस्तुत गरेको छ, जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने छ । 

ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । द्धन् को साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ । 

आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा  नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । 

सामसङ नेपालका प्रमुख श्रीप्रणय रत्न स्थापितले उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै नयाँ नयाँ उत्पादन बजारमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं । ग्यालेक्सी ट्याब ए मा सुधारिएको शानदार डिस्प्ले, पावरफूल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटी इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ ।’ 

यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ड हो जुन पूर्ण रुपमा सुरक्षित छ र किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्जित छ । यो फोनमा कुनै निश्चित समयसम्मको लागि वा कुनै एपलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा बिताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । 

१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जिबिको ¥याम तथा ८ जिबिको इन्टरनल मेमोरी ( माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवं स्पट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ । 

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा १५ हजार ९ सयमा उपलब्ध रहेको छ । यसका दुई आकर्षक रंगहरु ह्वाइट तथा तथा ब्ल्याक रहेका छन् । ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा मिति यहि माघ २३ गते देखि उपलब्ध रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया